स्थानीय तहको विकास : चार वर्षमा १५ सय मिटर सडक ढलान « Khabarhub

स्थानीय तहको विकास : चार वर्षमा १५ सय मिटर सडक ढलान


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको काठेखोला गाउँपालिकाले चार वर्षमा १५ सय मिटर सडक ढलान गरेको छ । स्थानीय तह कार्यालयमा आएको चार वर्षे अवधिमा एक हजार ५४६ मिटर सडक ढलान भएको गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिए । गण्डकी प्रदेशको समन्वयमा दुई खण्डमा गरी पाँच हजार पाँच सय कालोपत्रे गर्ने तयारी छ ।

तत्कालीन जिल्ला विकास समिति र गाउँविकास समिति हुँदा इन्जिनियरिङ्ग डिजाइनबिना निर्माण गरिएको कच्ची सडक नियमित सञ्चालन हुन कठिन भएपछि गाउँपालिकाले त्यसको गुणस्तर सुधार गर्दै कालोपत्रे गर्ने तयारी थालेको हो ।

कच्ची सडक बर्खाको समयमा सञ्चालनमा आउनै नसक्ने भएपछि गाउँपालिकाले हरेक वडाका मुख्य सडकमा कच्ची नाली, साँघुरो तथा पहिरोको जोखिम क्षेत्रमा ग्याविन भर्ने कठिन घुम्ती फराकिलो बनाउनुका साथै धेरै उकालो र पानी बग्ने ठाउँमा हिम पाईप विछ्याने र सडक ढलान गरेको हो ।

तत्काललाई ग्रामिण सडकमा नियमित सवारी चल्न सक्ने गरी स्तरवृद्धि गरेको अध्यक्ष थापाको भनाइ छ । कालोपत्रेको लागि बजेट अभाव छ । संघ र प्रदेश सरकारसँगको समन्वयमा चालु आर्थिक बर्षमा वडाका महत्वपूर्ण सडक पाँच किलो मिटर कालोपत्रे गर्ने योजना छ ।

अक्षतेदेखि, बिहुँ सुल्डाडा हुँदै लेखानी जाने सडकको ९८२ मिटर र बिहुँ जलजलादेखि रेश वडा कार्यालय जोड्ने सडकको जलजलासम्म साढे पाँच किलो मिटर सडक कालोपत्रे गरिएको छ । दुवै खण्डको सडक पूर्ण रुपमा कालोपत्रे हुन बाँकी छ ।

गाउँपालिकको कार्यालय जोडने गरी एकपाता, दोभिल्ला, सुल्डाँडा हुँदै अक्षते जोड्ने सडकलाई प्रदेश सरकारबाट कार्यान्वयन हुने गरी अगाडि बढेको अध्यक्ष थापाको भनाइ छ । सडक योजना सञ्चालन गर्दा ५० प्रतिशत संरचनाको काम अनिवार्य गरिएको छ । न्यूज कारखाना

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ७ : ०० बजे

गणेश नेपालीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

काठमाडौं- आत्मदाह गरी ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको

पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग छलफल सिडिसी

भक्तपुर– पाठ्यक्रम विकास केन्द्र (सिडीसी)ले विद्यालय शिक्षामा पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका

वर्षमानले मागे- गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको धारणा 

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको

सांसद महरले संसद्‌मै लगाए ‘यो सरकार मुर्दावाद’ को नारा

काठमाडौं– नेकपा एमालेका सांसद् ऐन महरले आत्मदाह प्रयासपछि उपचारका क्रममा

राष्ट्रियसभाको बैठक सुरु,यस्तो छ कार्यसूची

काठमाडौं– राष्ट्रियसभाको बैठक प्रारम्भ भएको छ । संसद् सचिवालयले जारी