सुकीविरुद्ध मुद्दा चलाउँदै म्यानमारको जुन्ता सरकार | Khabarhub Khabarhub

सुकीविरुद्ध मुद्दा चलाउँदै म्यानमारको जुन्ता सरकार


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – म्यानमारमा सेनाको सत्ताच्युतमा परेकी नेतृ आङ सान सुकीमाथि निर्वाचनमा धाँधली गरेको र दन्डहीनतालाई प्रश्रय दिएको आरोप लागेको छ। सोही आरोपमा म्यानमारको जुन्ता सरकारले सुकी र सेनाले बर्खास्त गरेका राष्ट्रपतिसहित १६ जनाविरुद्ध मंगलबार मुद्दा लगाउने तयारी गरेको छ ।

फेब्रुबरीमा सेनाको कुपछि घरमै नजरबन्दमा रहेकी ७६ वर्षीय सुकी सार्वजनिक कार्यक्रममा देखिन छोडेकी छन् । तर, सेनाका प्रवत्ताले नजरबन्दमा रहेकी सुकीमाथि सरकारले राम्रो व्यवहार गरेको दाबी गरेका छन् । ‘घरमै नजरबन्दमा रहे पनि उनलाई आफ्ना मानिसहरूसँग भेटघाट गर्न दिएका छौं,’ प्रवत्ता जनरल जाउ मिन तुले भने ।

सुकीलाई सेनाले बोल्न नदिएको उनका वकिलले आरोप लगाउँदै आएका छन् । सुकीलाई भेट्न राष्ट्रसंघका अधिकारीले मागेको अनुमति सेनाले अस्वीकार गरेको छ ।

म्यानमारमा भइरहेको मानवताविरुद्ध अपराध छानबिन गर्न सरकारले सेनाका अधिकारीहरुलाई पहुँच नदिएको राष्ट्रसंघले गुनासो गर्दै आएको छ ।

तर, सरकारले राष्ट्रसंघको माग आफूहरुलाई अस्वीकार्य भएको बताउँदै आएको छ । ‘कथित मानवताविरुद्धको अपराध अनुसन्धान गर्ने यो उपर्युक्त समय होइन । उनीहरूका मागसँग हामी सहमत छैनौं । म्यानमारबारे उनीहरूले दिएको सुझाव रचनात्मक छैन्,’ प्रवत्ता तुले भने । राष्ट्रसंघले म्यानमारको सैन्य सरकारलाई मान्यता दिनुपर्ने उनको माग छ ।

गत वर्ष सम्पन्न निर्वाचनमा व्यापक धाँधली भएको सेनाको दाबी छ । निर्वाचनमा सुकीको पार्टीले एतिहासिक विजय प्राप्त गरेको थियो ।

निर्वाचन निस्पक्ष र धाँधलीरहित भएको निर्वाचन पर्यवेक्षकहरुले बताउँदै आएका छन् । सुकीमाथिको आरोप राजनीतिक दुरासयबाट प्रेरित रहेको उनीहरुले बताउँदै आएका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ११ : ०४ बजे

भारत–अमेरिका व्यापार वार्ता असफलताको अन्तर्य

काठमाडौं- पाँच चरणको व्यापार वार्तापछि भारतीय अधिकारीहरू अमेरिकासँग अनुकूल सम्झौता

हिरोसिमा र नागासाकी पुगेर जापानीले सम्झिए आणविक हतियारको पीडा

आजभन्दा ठिक ८० वर्षअघि। अगस्ट महिनाको महिनाको ६ देखि ९

मृत्यु संस्कारमा कनकाई नगरले नगद सहयोग गर्ने

झापा– झापाको कनकाई नगरपालिकाले नगरवासीलाई मृत्यु संस्कारमा सहयोग गर्ने उद्देश्यले

४१ स्थानमा सशस्त्रको मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना

काठमाडौं– सशस्त्र प्रहरीले काठमाडौं उपत्यकासहित देशभर ४१ स्थानमा मनसुन प्रतिकार्य

कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य

कर्णाली– कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य