दिल्लीका विद्यालय र कलेज अनिश्चितकालीन बन्द « Khabarhub

दिल्लीका विद्यालय र कलेज अनिश्चितकालीन बन्द


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वायु प्रदूषण बढेपछि दिल्लीका सम्पूर्ण विद्यालय र कलेज अनिश्चितकालका लागि बन्द गरिएका छन् ।

दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले बुधबार यस्तो घोषणा गरेका हुन् । त्यस्तै, दिल्लीमा २१ नोभेम्बरसम्म सम्पूर्ण निर्माण कार्य नगर्न भनिएको छ ।

तर, यातायात र रक्षासम्बन्धी निर्माण कार्यका हकमा यो प्रतिबन्ध लागू हुने छैन् । दिल्लीमा एक सातादेखि सरकारी कर्मचारीले घरबाटै काम गर्दै आएका छन् ।

दिल्लीमा सञ्चालित कोइलामा आधारित ११ ओटा उर्जा उत्पादन केन्द्रहरुमध्ये ५ ओटा केन्द्रलाई मात्र सञ्चालन गर्न अनुमति दिइएको छ ।

दिल्लीको वायु गुणस्तर सूचांक खतराभन्दा माथिको तहमा पुगेको छ । सहरका विभिन्न भागको वायुको गुणस्तर सूचांक (एक्यूआई) ४ सय नाघेको छ । सामान्यतया शून्यदेखि ५० सम्मको एक्यूआइलाई राम्रो मानिन्छ ।

दीपावलीदेखि दिल्लीको आकाश धुलो र धूँवाले ढाकेको थियो । उद्योग तथा सवारी साधनहरूबाट निस्किएको धुँवा, धुलो, र सुख्खा मौसमका कारण दिल्लीमा प्रदूषण बढेको विज्ञहरुले बताउँदै आएका छन् । हरेक वर्ष हिउँद लागेसँगै भारतका विभिन्न सहरमा प्रदूषण बढ्ने गरेको छ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  २ : १८ बजे

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इलाम २ मा एमालेका सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता

काठमाडौं– इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट

एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे

काठमाडौं – नेकपा एमालेका ठाकुर गैरेले पाल्पा क्षेत्र नम्बर २

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि