स्वदेश फर्किन नदिएपछि चिनियाँ नागरिकले गरे चिनियाँ दूतावास अगाडि प्रदर्शन (भिडियो/फोटो) « Khabarhub

स्वदेश फर्किन नदिएपछि चिनियाँ नागरिकले गरे चिनियाँ दूतावास अगाडि प्रदर्शन (भिडियो/फोटो)


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनियाँ नागरिकले आफ्नो देश फर्कन पाउनुपर्ने माग राख्दै चिनियाँ दूतावासबाहिर प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीले ‘म चीन फर्कन चाहन्छु’ लेखिएका प्लाकार्ड प्रदर्शन गरेका थिए । आफ्नै खर्चमा नै देश फर्कन चाहे पनि फर्कन नपाएकाले प्रदर्शन गरिएको उनीहरूले बताएका छन् ।

कोभिड–१९ महामारीको कारण देखाउँदै चीनले आफ्ना नागरिकलाई नफर्काएपछि चिनियाँ दूतावासबाहिर प्रदर्शन भएको हो ।

चिनियाँ दूताबासले महामारीको कारण देखाउँदै उनीहरुलाई नलगेपछि र जानसमेत हवाई सुविधा नदिएपछि बिगत २ वर्षदेखि चिनियाँ नागरिक नेपालमै रोकिएका छन्।

‘म चीन फर्कन चाहन्छु’ लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै दूताबास बाहिर प्रदर्शन हुँदा पनि चिनिया दूताबासले कुनै चासो देखाएको छैन। काम नभएको पाँच महीना भैसक्यो ।

२ हजारभन्दा बढी चिनियाहरु अलपत्र परेको र देश फर्कन चाहेको प्रहरी तथ्यांक छ। कतिपय चिनियाहरुसँग पैसा समेत सकिएकाले बेहाल अबस्थामा रहे पनि दूताबासले कुनै पहल नगरेपछि चिनियाँ नागरिक रुष्ट छन्।

चीनले आफ्नै नागरिकलाई समेत फर्कन प्रतिबन्ध लगाएको छ भने अध्ययन गरिरहेका विद्यार्थीहरु समेत महामारीका बेला नेपाल आएका नेपाली विद्यार्थीलाई पनि फर्काउँने कुनै प्रयास गरेको छैन।

नेपाली विद्यार्थीलाई अध्ययन पुरा गर्न चीन जान दिन नेपाल सरकारले कूटनीतिक प्रयत्न गरे पनि नेपालस्थित चिनियाँ दूताबासले वास्ता गरेको छैन।

गतवर्षदेखि फर्कन चाहेका चिनियाँहरु अलपत्र पर्दासमेत चिनिया दूताबासले चासो नदेखाएपछि प्रदर्शन भइरहेको छ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ५ : २२ बजे

विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना छ : प्रशिक्षक हर्षल पाठक

काठमाडौं– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदीको उम्मेदवारी घोषणा

काठमाडौं– उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष

यही चुनावमै बालेलनाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने रविको योजना, यस्ता छन् मिल्ने तीन विकल्प

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई