कर्णाली प्रदेश प्रमुख परियारले भने-‘सबै धर्मको अभिभावकत्व प्रदान गर्छु’ « Khabarhub

कर्णाली प्रदेश प्रमुख परियारले भने-‘सबै धर्मको अभिभावकत्व प्रदान गर्छु’


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपाली इसाईलगायत सबै धर्महरूको अभिभावकत्व प्रदान गर्ने बताएका छन् ।

नेपाल ख्रीष्टिय समाज कर्णाली प्रदेश समितिद्वारा ख्रीष्टमसको पूर्वसन्ध्यामा बिहीबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश प्रमुख परियारले क्रिश्चियनसहित सबै धर्म समान रहेको बताएका हुन् ।

‘मेरो भूमिका भनेको सबैका लागि अभिभावकत्व ग्रहण गर्ने हो’, उनले भने, ‘नेपालको संविधानको मर्मबमोजिम म आफ्नो ओहादामा रहेर सक्दो प्रयास गर्नेछु ।’

प्रदेश प्रमुख परियारले विश्व, नेपाल र कर्णाली प्रदेशमा बसोबास गर्ने सबै इसाई धर्मावलम्बीहरूलाई आसन्न २५ डिसेम्बर मनाइने ख्रीष्टमस बडादिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका थिए ।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टले सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिकता र समावेशिता माओवादीको एजेण्डा भएकाले यसले सबै वर्गको अधिकार सुनिश्चितताका लागि उल्लेख्य भूमिका निर्वाह गर्दै आएको बताए ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ७ : ३४ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण