अपानि जारी गर्दै ओलीले भने- पार्टी काम प्रभावकारी ढंगले गर्नू | Khabarhub Khabarhub

अपानि जारी गर्दै ओलीले भने- पार्टी काम प्रभावकारी ढंगले गर्नू


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनको दिशानिर्देशअनुरुप पार्टी र जनसङ्गठनका कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीले तय गरेको कार्ययोजना प्रभावकारीरुपमा कार्यान्वयनका लागि मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

महाधिवेशनपछि आज पहिलोपटक अन्तरपार्टी निर्देशन  (अपानि)१ जारी गर्दै अध्यक्ष केपीओलीले विधान महाधिवेशन र दशौँ राष्ट्रिय महाधिवेशन अभुतपूर्व र ऐतिहासिक रुपमा सफलतापूर्वक सम्पन्न भएको तथा निर्वाचित केन्द्रीय कमिटीले आफ्नो काम योजनाबद्धरुपमा आरम्भ गरिसकेको जनाएका छन् ।

गत मङ्सिर १० देखि १४ गतेसम्म चितवनको सौराहामा सम्पन्न महाधिवेशनबाट निर्वाचित ३०१ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठक मङ्सिर १४ गते सौराहामा र दोस्रो बैठक मङ्सिर २५ र २६ गते भक्तपुरको गठ्ठाघरमा सम्पन्न भएको थियो ।

अपानिमा तीन बैठकमा निर्णयहरु समावेश गरिएको छ । दोस्रो बैठकले केन्द्रीय कमिटीमा मनोनयन, नेताको कार्यविभाजन, पार्टी प्रवेश र महाधिवेशनको सन्देश प्रवाहका लागि योजना निर्माण, जनसङ्गठनको सुदृढीकरणलगायतका विषयमा निर्णय गरेको थियो ।

‘हामीले महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशा र कार्यभार पूरा गर्नेगरी पार्टी कामलाई पुनःव्यवस्थित, सुदृढ र एकताबद्ध बनाउनु आवश्यक छ’, एमाले अध्यक्ष ओलीको अपानिमा भनिएको छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ११ : ३५ बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण

जिनेभा – संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा

बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा

भक्तपुर – चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी

गौरापर्वको पहिलो दिन घरघरमा विरुडा राखियो

कञ्चनपुर – सुदूरपश्चिममा आजदेखि गौरापर्व विधिवत् रुपमा सुरु भएको छ

माओवादी केन्द्रले भन्यो : उखु किसानको सम्पूर्ण बक्यौता भुक्तानी गरियोस्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत उखु किसानको

पर्सामा पनि जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

पर्सा – पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् ।