६ वर्षमा तेस्रोपटक सर्ने भयो एमाले मुख्यालय, च्यासलमा नयाँ भवनसमेत बनाइँदै « Khabarhub

६ वर्षमा तेस्रोपटक सर्ने भयो एमाले मुख्यालय, च्यासलमा नयाँ भवनसमेत बनाइँदै


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शक्तिशाली भूकम्पले बल्खुस्थित केन्द्रीय कार्यालय ध्वस्त बनाएपछि नेकपा एमालेको मुख्यालय तेस्रो पटक सर्ने भएको छ ।

हाल थापाथलीबाट सञ्चालित हुँदै आएको केन्द्रीय कार्यालय अब च्यासल, ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको हो । १२ वैशाख २०७२ को शक्तिशाली भूकम्पपछि बल्खुबाट धुम्बाराही, धुम्बाराहीबाट केही महिनाअघि मात्र थापाथली सरेको एमाले मुख्यालय अब च्यासल कम्तीमा पाँच वर्षसम्म रहनेछ ।

तीन महिनाभित्र कार्यालयका सम्पूर्ण शाखा सारिसक्ने योजनाअनुसार प्रतिष्ठानसँग सम्झौतासमेत गरिसकेको जनाए पनि एमालेले शुक्रबार भने केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीलाई थापाथलीमा नै पदभार ग्रहण गराएको छ ।

१०औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठकले थापाथलीको कार्यालय च्यासलमा सार्ने निर्णय लिँदै तीन महिनाको समयसीमा तोकेको हो ।

‘तुल्सीलाल स्मृति भवन च्यासलबाट केन्द्रीय कार्यालय सञ्चालन गर्ने गरी पाँच वर्षका लागि तुल्सीलाल स्मृति प्रतिष्ठानसँग सम्झौता गरिएको छ, आवश्यकताअनुसार त्यस भवनको मर्मत/सम्हार तथा पुर्नव्यवस्था गरी तीन महिना भित्र सबै कार्यालय सारिसक्ने’ एमालेको निर्णयमा भनिएको छ ।

निणर्यानुसार केन्द्रीय कमिटीको बैठक सञ्चालन गर्न मिल्ने गरी प्रतिष्ठानको जग्गामा नयाँ हल निर्माणमा पार्टीले लगानीसमेत गर्ने भएको छ ।

 

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  १ : ३० बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने दाताहरूको

अनेरास्ववियूको अभियान निरन्तर, रसुवाका बाढीपीडितलाई पुर्‍यायो राहत

रसुवा– अनेरास्ववियूले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको

यो साता नेप्से : १२ अर्ब ८१ करोड बढीको कारोबार, बीमा र लघुवित्त समूहमा भोटेकोशी बाढीको असर

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पहिलो कारोबार दिन

राष्ट्रपतिले गरे पाटन कृष्ण मन्दिरको दर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल ललितपुरको पाटनस्थित कृष्ण मन्दिर पुगेर दर्शन गरेका

फेस्टिभलमा चर्चा कमाएको फिल्मको व्यापार सधैँ कमजोर, के गर्ला ‘तिनीहरू’ले ?

काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको ‘तिनीहरू : एलिफेन्ट इन फग’को