बैतडीमा ७५ हजारले लगाए पूर्ण खोप « Khabarhub

बैतडीमा ७५ हजारले लगाए पूर्ण खोप


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीमा ७५ हजार बढीले कोरोनाविरुद्ध पूर्ण खोप लगाएका छन् ।

स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार जिल्लाभरि ७५ हजार ३४५ ले खोपको पूर्ण मात्रा लगाएका हुन् ।

खोपको पहिलो मात्रा भने ८९ हजार ९८४ ले लगाएका छन् । पछिल्लो विवरणअनुसार सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा १५ हजार ४०२ ले पहिलो मात्रा र १८ हजार ३५६ ले पूर्ण मात्रा खोप लगाएका छन् ।

डिलाशैनी गाउँपालिकामा १५ हजार २८३ ले पहिलो मात्रा र आठ हजार ४४३ ले पूर्ण मात्रा खोप लगाएका छन् । पुर्चौंडी नगरपालिकामा ११ हजार २८१ जनाले पहिलो मात्रा र सात हजार ८२१ ले पूर्ण मात्रा खोप लगाएका छन् ।

यसैगरी मेलौली नगरपालिकामा नौ हजार १३६ ले पहिलो मात्रा र पाँच हजार २१८ ले पूर्ण मात्रा खोप लगाएका छन् । दोगडाकेदार गाउँपालिकामा आठ हजार ९९५ ले पूर्ण खोप पाएका छन् ।

सिगास गाउँपालिकामा आठ हजार ३९५ ले पहिलो मात्रा र तीन हजार ३३७ ले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको पाटन नगरपालिकामा छ हजार १६१ ले पहिलो मात्रा र आठ हजार ७५३ ले पूर्ण मात्रा खोप लगाएका छन् ।

सुर्नया गाउँपालिकामा तीन हजार ७१८ ले पहिलो मात्रा र ४ हजार ९२ ले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । पञ्चेश्वर गाउँपालिकामा पाँच हजार ९३७ ले पहिलो मात्रा र छ हजार ९९५ ले पूर्ण मात्रा खोप लगाएका छन् ।

शिवनाथ गाउँपालिकामा पाँच हजार १३६ ले पहिलो मात्रा र तीन हजार ७३५ ले पूर्ण मात्रा खोप लगाएका छन् । १८ वर्षभन्दा माथि नागरिकलाई खोप लगाउने कार्य अहिले पनि जिल्लाका सबै स्थानीय तहमा खोप लगाउने कार्य जारी रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

यसैबीच बैतडीमा १२ वर्षदेखि माथिका सबैलाई कोरोनाविरुद्धको खोप दिइने भएको छ । जिल्लामा  १८ वर्ष माथिका नागरिकलाई खोप लगाउने अभियान जारी रहेको र अब १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने तयारी भएको हो ।

सरकारले देशका विभिन्न जिल्लामा बालबालिकाका लागि खोप अभियान सञ्चालन गर्ने तयारी गरेसँगै बैतडीमा पनि सञ्चालनको तयारी भएको  स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिशप्रसाद भट्टले जानकारी दिए ।

यहाँ पनि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई पुस ६ गतेदेखि मोर्डना खोप दिइने भएको हो ।  सरकारले यसअघि खोप लगाउन छुटेको सबै नागरिकलाई खोप लगाउनसमेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  २ : ०१ बजे

मानसिक स्वास्थ्य नीति परिमार्जन र स्वास्थ्य बिमा कार्यान्वयनमा सांसदको जोड

काठमाडौं– सांसदहरूले मानसिक स्वास्थ्यसम्बन्धी नीति परिमार्जन, सुविधा सम्पन्न अस्पतालमा स्वास्थ्य बिमा

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत गतिमा काम भइरहेकाले

‘प्रि-आईपीओका अवैध क्रियाकलाप नियन्त्रण गर्न शून्य सहनशीलताको नीति लिएका छौँ’

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले

किसानलाई समयमा नै मल आपूर्ति गर्नुपर्नेमा जोड

काठमाडौं– राष्ट्रियसभाका सांसदले उचित समयमा रासायनिक मल नपाउँदा किसान समस्यामा

फेरि होर्मुजमा नौसैनिक नाकाबन्दी लागू, इरान–अमेरिका तनाव थप चर्कियो

तेहरान– अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई निरन्तरता दिँदै होर्मुज जलडमरूमध्य तथा