भीम रावलको गृहजिल्लामा लेखराज भट्टका मान्छे इन्चार्ज « Khabarhub

भीम रावलको गृहजिल्लामा लेखराज भट्टका मान्छे इन्चार्ज


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले अछामको इन्चार्जमा झपटबहादुर बोहरा नियुक्त भएका छन् ।

१०औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित बोहरालाई २५–२६ मंसिरमा भक्तपुरमा बसेको केन्द्रीय समितिको दोस्रो बैठकले अछामको इन्चार्जको जिम्मा दिएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बोहराको नाम अछामका लागि प्रस्ताव गरेका थिए । ओलीनिकट सांसद यज्ञ बोगटी सहइञ्चार्ज बनेका छन् । उनले रावलको चर्को आलोचना गर्दै आएका छन् ।

ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका डा भीमबहादुर रावलको गृहजिल्लामा पूर्वमाओवादी नेता बोहराले जिम्मेवारी पाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सुदूरपश्चिम सरकारमा तत्कालीन समयमा आर्थिक मामिला तथा योजनामन्त्री रहेका बोहरा नेकपा पार्टी विभाजनपछि लेखराज भट्टसँगै एमाले प्रवेश गरेका थिए । जसरी केन्द्रमा लेखराजले एमाले र ओलीका लागि मन्त्री तथा सांसद पद गुमाए, त्यसैगरी बोहराले प्रदेशमा मन्त्रीका साथै प्रदेश सांसद पनि गुमाउने गरी एमाले प्रवेश गरेका थिए ।

१०औं महाधिवेशनअघि सुदूरपश्चिम इन्चार्जमा भीम रावल कि लेखराज भट्ट भनेर विवाद जारी थियो । १०बुँदे गरेर एमालेमै रहेका रावलले आफूलाई इन्चार्ज दाबी गर्दै आएका थिए भने अध्यक्ष ओलीले लेखराजलाई जिम्मेवारी दिएका थिए । इन्चार्जलाई लिएर रावल र भट्टबीच विवाद नै भएको थियो ।

तर १०औं महाधिवेशनपछि भट्ट औपचारिक रुपमै इन्चार्ज तोकिएका छन् भने रावल पार्टीको कुनै पनि जिम्मेवारीमा छैनन् ।

रावलको पछिल्लो भूमिकाप्रति ओलीका साथै भट्ट पनि असन्तुष्ट छन् । ओलीलाई चुनौती दिने रावललाई ‘साइजमा ल्याउन लेखराजनिकट बोहरालाई रावलको गृहजिल्लामा इन्चार्ज बनाइएको एमालेवृत्तमा चर्चा छ ।

१०औं महाधिवेशनअघि अछाममा रावलनिकट शेरबहादुर कुँवर अध्यक्ष थिए । रावलनिकट संघीय सांसद झपटबहादुर रावललाई भने खानेपानी तथा सरसफाई विभागको प्रमुख बनाइएको छ ।

 

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ४ : ३९ बजे

एक सय १० जनाले गरे रक्तदान

कास्की – पोखरास्थित रेडियो अन्नपूर्णले शनिबार आयोजना गरेको २१औँ बहृत्

आर्थिक र सामाजिक रुपान्तरण हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले आर्थिक र

राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएको छ ।

आईपीएलमा कोलकताविरुद्ध पञ्जाब ७ रनले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शनिबारको पहिलो खेल

वन्यजन्तु संरक्षक मिर सम्मानित

काठमाडौँ- वन्यजन्तु संरक्षणका क्षेत्रमा सक्रिय आलिया मिर जम्मु कश्मीर वन्यजन्तु