सातदोबाटोसँग रोकिँदा आर्मीले शीर्षस्थानमा उक्लने अवसर गुमायो « Khabarhub

सातदोबाटोसँग रोकिँदा आर्मीले शीर्षस्थानमा उक्लने अवसर गुमायो


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सातदोबाटो युथ क्लबसँग अंक बाँडेपछि त्रिभुवन आर्मी फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबारबाट सुरु भएको पाँचौ चरणको पहिलो खेलमा आर्मीले सातदोबाटोसँग १–१ को बराबरी खेलेको हो ।

११औं मिनेटमा मिडफिल्डर दिनेश हेन्जनले गरेको गोलमा आर्मीले अग्रता लिएको थियो । तर आर्मीले अग्रता लामो समय टिकाउन सकेन । १६औं मिनेटमा स्ट्राइकर अजई मार्टिन्सले सातदोबाटोलाई खेलमा फर्काए ।

आर्मी पाँच खेलमा नौ अंकसहित तेस्रो स्थानमा यथावत छ भने सातदोबाटो समान खेलमा आठ अंकसहित पाँचौं स्थानमा छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ८ : ३५ बजे

आज २०८३ साल असोज ९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ९ गते शुक्रबार सन् २०२६

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन (लाइभ)

न्यूयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो

प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई अहिले सम्बोधन गर्दै, प्रत्यक्ष प्रसारण कसरी हेर्ने ?

न्यूयोर्क- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी