टेलिभिजनमा बोल्दै गर्दा प्रस्तोताको दाँत खुस्किएपछि…. « Khabarhub

टेलिभिजनमा बोल्दै गर्दा प्रस्तोताको दाँत खुस्किएपछि….


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एक युक्रेनी टेलिभिजन प्रस्तोता मारिच्का पाडाल्कोको टेलिभिजनमा बोल्दाबोल्दै दाँत झरेको छ । त्यसपछि उनले सम्हालिएर रिपोर्ट प्रस्तुत गरिन् तर दाँत झरेको कुरा अरुले थाहा पाए ।

उनले कसैलाई नढाँटी आफ्नो ईन्स्टाग्राममा पोष्ट गरिन् र भनिन्, ‘मैले समाचार पढेको २० वर्ष भयो तर यस्तो अचम्मको अनुभूति पहिलो पटक भयो ।’

भिडियोमा उनले समाचार पढ्दापढ्दै दाँत अलि तल झरे पछि हातले छोपेर दाँत व्यवस्थापन गरेको देख्न सकिन्छ । उनको यो भिडियो सामाजिक सञ्जालमा भाईरल बनेको थियो भने धेरैले उनको प्रशंसा गरेका छन् ।

उनले केही वर्ष अघि आफ्नी सानी छोरीले भित्ते घडी आफूतिर फ्याँक्दा मुखमा लागेर दाँत झरेको र पछि नक्कली दाँत हालेको स्वीकार गरेकी छन् । त्यही दाँत पनि टेलिभिजनमा बोल्दाबोल्दै खसेको उनले स्वीकारेकी छन् । ‘यस्तो परिस्थिति आउन सक्छ, केवल शान्त रहनुस्’ उनले अरुलाई सुझाएकी छन् । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ९ : १५ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल