प्रधानमन्त्री कप क्रिकेट : गण्डकी प्रदेशको पहिलो जित, विशालले गरे ह्याट्रिक « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : गण्डकी प्रदेशको पहिलो जित, विशालले गरे ह्याट्रिक


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशले पहिलो जित हात पारेको छ।

मुलपानी क्रिकेट मैदानमा भएको आफ्नो दोस्रो खेलमा गण्डकीले प्रदेश नम्बर-१ लाई २ विकेटले पराजित गरेको हो ।

प्रदेश १ ले दिएको १०३ रनको  लक्ष्य गण्डकीले ३७ ओभरमा ८ विकेट गुमाएर पुरा गर्‍यो ।

गण्डकीका लागि युवा ब्याट्सम्यान अर्जुन कुमाल र दीपक डुम्ररेले समान ३५–३५ रन प्रहार गरे । जसका लागि अर्जुनले ६३ बलको सामना गरेभने डुम्रेले ९४ बलको सामना गरे । त्यस्तै अभिषेक थापाले १२ रन बनाए ।

गण्डकीविरूद्ध प्रदेश १ का लागि मनिस थापा र सुभान्कर उरोले समान दुई/दुई विकेट लिए । त्यस्तै दिपेश कन्डेल र हेमन्त राईले समान एक/एक विकेट लिन सफल भए ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश १ ले २७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १०२ रन बनाएको थियो ।

प्रदेश १ का लागि कप्तान सिद्धान्त लोहनीले सर्वाधिक २४ रनको प्रहार गरे । त्यस्तै मनिस थापाले २२ रन, दीपक पासवानले ११ रनको योगदान गरे ।

बलिङतर्फ गण्डकीका लागि विशाल पौड्यलले ह्याट्रिक सहित चार विकेट लिए । जारी प्रतियोगितामा पहिलो ह्याट्रिक हो । उनले ६.४ ओभर बलिङ गर्दै ४ विकेट लिएका हुन्।

त्यस्तै सुवास भण्डारीले ४ विकेट लिन सफल भए । गण्डकीका लागि विपिन खत्रीले दुई विकेट लिए ।

जितसँगै समूह ‘ए’ रहेको गण्डकीले दुई अंक जोडेको छ । यसै समूहमा शीर्ष स्थानमा रहेको आर्मीको ४ अंक रहेको छ ।

गण्डकीको खेलमा युवा ब्याट्सम्यान अर्जुन र विशाल पौड्यालले उत्कृष्ट लय देखाए । जसमा अर्जुनले यसअघिको पहिलो खेलमा पनि राम्रो ब्याटिङ गरेका थिए। जसलाई उनले दोस्रो खेलमा पनि निरन्तरता दिए।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  २ : ५५ बजे

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

महेन्द्रनगर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना स्वतन्त्रसहित

तस्बिरमा हेर्नुहोस्, हेटौँडाको राष्ट्रियसभा निर्वाचन 

काठमाडौं– बागमती प्रदेशको हेटौडामा सुरु भयो राष्ट्रिय सभा सदस्य निर्वाचित

गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत वृद्धि

गोरखा– जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको

नमोबुद्धमा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

काभ्रेपलाञ्चोक– सोनाम ल्होसारका अवसरमा काभ्रेको नमोबुद्ध नगरमा राष्ट्रिय फुटबल प्रतियोगिताको

हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगालगी

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन