ओलीलाई तीन दिनभित्र स्पष्टिकरण माग्दै ‘दाहाल-नेपाल’ पक्षले बुझायो बालुवाटारमा पत्र  « Khabarhub

ओलीलाई तीन दिनभित्र स्पष्टिकरण माग्दै ‘दाहाल-नेपाल’ पक्षले बुझायो बालुवाटारमा पत्र 


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्‍ने निर्णयको पत्र प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको छ ।

दाहाल-नेपाल समूहले ओलीलाई तीन दिनभित्र स्पष्टीकरण दिन माग गर्दै पत्र बालुवाटारमा बुझाएको हो ।

नेकपाको स्थायी कमिटी बैठकको निर्णयअनुसार ओलीलाई आज पत्र बुझाएको छ । स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकाल पत्र बोकेर बालुवाटार पुगेका थिए ।

“पार्टीविरोधी गतिविधि गरेकाले तपाईंलाई कारबाही किन नगर्ने । तीन दिनभित्र चित्त बुझ्दो स्पष्टीकरण दिनुहोला,’’ पत्रमा उल्लेखित व्यहोराबारे ढकालले जानकारी दिए ।

तीनदिन भित्र चित्तबुझ्दो जवाफ नआए थप कारबाही गरिने समेत पत्रमा उल्लेख गरिएको छ ।

माघ २ गते बसेको दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओलीलाई पार्टी सदस्यबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

यस्तो छ पत्र

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ५ : १४ बजे

जेठ महिनामा देशभरबाट १ हजार ३६ जना लागूऔषध कारोबारमा संलग्न पक्राउ

काठमाडौं– नेपाल प्रहरीले गत जेठ महिनामा देशभरबाट एक हजार ३६

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग संयुक्त राज्य अमेरिकाका लागि नेपालका कार्यवाहक

‘नतिजा प्रक्रियामा स्पष्ट छौँ, थप जाँचका लागि समिति गठन भइसक्यो’

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाप्रति

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच सम्झौता

काठमाडौं– नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन