उद्योग व्यवसायको उत्थानका लागि गभर्नरसमक्ष महासंघले राख्यो आधा दर्जन माग « Khabarhub

उद्योग व्यवसायको उत्थानका लागि गभर्नरसमक्ष महासंघले राख्यो आधा दर्जन माग


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुले कोरोना महामारीका कारण उद्योगी व्यवसायीहरुमा परेको समस्यमा नेपाल राष्ट्र बैंक गम्भीर हुनुपर्ने बताएको छ ।

महासंघको टोलीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँगै भेट गर्दै कोभिडका कारण समस्यामा परेका उद्योग व्यवसायको उत्थानका लागि आवश्यक पहल गर्न आग्रह गरेको हो ।

आधा दर्जन माग बोकेर पुगेका व्यवसायीलाज्ञ गभर्नर अधिकारीले सबैको ध्यान यतिबेला उद्योग व्यवसायलाई पूर्वावस्थामै फर्काउनेतर्फ रहेका भन्दै जायज मागहरुलाई सबोधन गर्ने बताए।

उनले राष्ट्र बैंकले उपलब्ध गराएका पुनर्कर्जा लगायतका सुविधाहरुका सम्बन्धमा महासंघसँग सहकार्य गरी सातै प्रदेशमा सचेतनामुलक कार्यक्रम लैजाने समेत बताए।

व्यवसाय निरन्तरता कर्जाको प्रक्रियागत सरलताका लागि बिशेष भूमिका निर्वाह गर्न महासंघले माग राखेको छ ।

यसैगरी महासंघले पुस मसान्तसम्म दिइएको कर्जाको साँवा ब्याज बुझाउने अवधि तीन महिना थप गरिदिन समेत आग्रह गरेको छ ।

कालोसूचीमा तत्काल नराखी लगातार दुई बर्ष घाटामा गएको ऋणीलाई वाचफुल लिष्टमा राख्ने व्यवस्था पनि हाललाई स्थगित गर्न महासंघले आग्रह गरेको छ।

क्रेडिट रेटिङ गरिएका ऋणहरुमा अन्य प्रक्रिया पनि पुरै अबलम्बन गर्नुपर्दा समय र खर्च बढेको भन्दै यसलाई पुनरावलोकन गर्न भनेको छ। कतिपय माग भने राख्नका लागि राखिएको छ।

गभर्नरलाई भेट्न महासंघ अध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष दिनेश श्रेष्ठ, बैंक बीमा तथा वित्तीय समितिका सभापति साहिल अग्रवाल, चलचित्र तथा मनोरञ्जन फोरमका सभापति आकाश अधिकारी र उपमहानिर्देशक गोकर्ण अवस्थीलगायत गएका थिए।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ५ : ३७ बजे

महालेखापरीक्षकको प्रतिवेदन : ४९ वटा झोलुङ्गे पुल अलपत्र

काठमाडौं– तुइन विस्थापन गरी नागरिकलाई सहज रुपमा आवतजावत गर्न निर्माण

महालेखा परीक्षकको प्रतिवेदन : ४९ वटा झोलुङ्गे पुल अलपत्र

काठमाडौं– तुइन विस्थापन गरी नागरिकलाई सहज रुपमा आवतजावत गर्न निर्माण

छाडा पशुचौपाया : बहुआयामिक असर र समाधानका प्रयास

घोडाघोडी– आधुनिक प्रविधिको प्रयोग बढेसँगै खेतबारी जोत्न प्रयोग गरिने गोरु

नयाँ हुनुको अर्थ विगतबाट अलग हुनु होइन : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा

विपक्षीलाई सभामुखको जवाफ : प्रधानमन्त्री सदनमा आउने तयारी गरिरहनु भएको छ

काठमाडौं- सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह संसद्मा आएर जवाफ