उद्योग व्यवसायको उत्थानका लागि गभर्नरसमक्ष महासंघले राख्यो आधा दर्जन माग « Khabarhub

उद्योग व्यवसायको उत्थानका लागि गभर्नरसमक्ष महासंघले राख्यो आधा दर्जन माग


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुले कोरोना महामारीका कारण उद्योगी व्यवसायीहरुमा परेको समस्यमा नेपाल राष्ट्र बैंक गम्भीर हुनुपर्ने बताएको छ ।

महासंघको टोलीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँगै भेट गर्दै कोभिडका कारण समस्यामा परेका उद्योग व्यवसायको उत्थानका लागि आवश्यक पहल गर्न आग्रह गरेको हो ।

आधा दर्जन माग बोकेर पुगेका व्यवसायीलाज्ञ गभर्नर अधिकारीले सबैको ध्यान यतिबेला उद्योग व्यवसायलाई पूर्वावस्थामै फर्काउनेतर्फ रहेका भन्दै जायज मागहरुलाई सबोधन गर्ने बताए।

उनले राष्ट्र बैंकले उपलब्ध गराएका पुनर्कर्जा लगायतका सुविधाहरुका सम्बन्धमा महासंघसँग सहकार्य गरी सातै प्रदेशमा सचेतनामुलक कार्यक्रम लैजाने समेत बताए।

व्यवसाय निरन्तरता कर्जाको प्रक्रियागत सरलताका लागि बिशेष भूमिका निर्वाह गर्न महासंघले माग राखेको छ ।

यसैगरी महासंघले पुस मसान्तसम्म दिइएको कर्जाको साँवा ब्याज बुझाउने अवधि तीन महिना थप गरिदिन समेत आग्रह गरेको छ ।

कालोसूचीमा तत्काल नराखी लगातार दुई बर्ष घाटामा गएको ऋणीलाई वाचफुल लिष्टमा राख्ने व्यवस्था पनि हाललाई स्थगित गर्न महासंघले आग्रह गरेको छ।

क्रेडिट रेटिङ गरिएका ऋणहरुमा अन्य प्रक्रिया पनि पुरै अबलम्बन गर्नुपर्दा समय र खर्च बढेको भन्दै यसलाई पुनरावलोकन गर्न भनेको छ। कतिपय माग भने राख्नका लागि राखिएको छ।

गभर्नरलाई भेट्न महासंघ अध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष दिनेश श्रेष्ठ, बैंक बीमा तथा वित्तीय समितिका सभापति साहिल अग्रवाल, चलचित्र तथा मनोरञ्जन फोरमका सभापति आकाश अधिकारी र उपमहानिर्देशक गोकर्ण अवस्थीलगायत गएका थिए।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ५ : ३७ बजे

मेचीनगरमा प्रथम भाक्का उत्सव

झापा‍– मेचीनगरमा पहिलो पटक राजवंशी समुदायले आज प्रथम भाक्का पिठ्ठा उत्सव

तनहुँमा बीभत्स अवस्थामा भेटिए तीन शव, एक जनाको सनाखत

दमौली– शनिबारको बिहान करिब ९ः३० बज्दै थियो । शान्त देखिने

सम्भावित अमेरिकी आक्रमणविरुद्ध इरानले दियो चेतावनी

दुबई- इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोध प्रदर्शनका नाममा सैन्य

राप्रपाको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्की (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका

स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित एकजना नियन्त्रणमा

सिरहा–  सिरहाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी