कतारमा एक लाखभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप « Khabarhub

कतारमा एक लाखभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप



दोहा : नेपालीहरुको रोजगारीको प्रमुख गन्तव्य कतारमा एक लाखभन्दा बढीले कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप लगाएका छन् ।

कतारको स्वास्थ्य मन्त्रालयका एक वरिष्ठ अधिकारीले दिएको जानकारी अनुसार खोप शुरू भएदेखि अहिलेसम्म एक लाखभन्दा बढी मानिसले कोभिड–१९ विरुद्धको खोप प्राप्त गरिसकेको बताए ।

‘खोपको लागि माग उच्च रहेकाले आउँदो दिनमा धेरै भन्दा धेरै मानिसहरूलाई खोप लगाइएको देख्नेछौं। हामी लक्षित समूहको कम्तीमा ५० प्रतिशतमा पुगेका छौं,’ स्वास्थ्य मन्त्रालयका खोप प्रमुख डा.सोहा अल बायतले बुधबार साप्ताहिक प्रश्नोत्तर कार्यक्रममा भनिन् ।

कोभिड–१९ विरुद्धको खोप अभियान कतारमा गत डिसेम्बर २३ तारिख २०२० मा शुरू भएको थियो । पहिलो चरणमा वृद्धहरू, गम्भीर दीर्घकालीन रोगीहरू र स्वास्थ्य सेवा फ्रन्टलाइनमा काम गर्नेहरुलाई प्राथमिकता दिइएको छ ।

डा. अल बायतले सबैलाई स्वास्थ्य मन्त्रालयको वेबसाइटमार्फत खोपका लागि नाम दर्ता गर्न समेत आग्रह गरेकी छन् । खोप लगाए पनि सबै जनतालाई कोभिड–१९ सावधानीका उपायहरू, सामाजिक दूरी, बारम्बार हात धुने र मास्क लगाउने जस्ता कार्य जारी राख्न डा. अल बायतले अनुरोध गरिन् ।

कतारले २०२१ भित्रमा आप्रवासी नागरिकसहित अन्य सबैलाई कोभिड–१९ विरुद्धको खोप नि:शुल्क रुपमा उपलब्ध गराइसक्ने यसअघि नै जनाएको छ ।

नियम उल्लंघन गर्ने ४७ कम्पनीलाई कारबाही

कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयको श्रम निरीक्षण विभागले कोभिड–१९ सावधानीका उपायहरू उल्लंघन गरेको आरोपमा ४७ कम्पनीविरूद्ध कारबाही गरेको छ ।

गत केही दिनमा काम गर्ने साइटहरू र मजदुरहरूको आवासमा निरीक्षण गर्दा कम्पनीहरूले कोरोना भाइरस सम्बन्धि नियम पालना नगरेको भेटिएपछि कारबाहीको लागि सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अधिकारीहरूले लुसेल र औद्योगिक क्षेत्रमा निर्माणको क्षेत्रमा काम गरिरहेका ४७ वटा कम्पनीहरूले नियम उल्लंघन गरेको जनाएका छन् ।

ती कम्पनीहरूले आधा क्षमतामा बसमा ढुवानी हुने कामदारहरूको संख्या घटाउने र आवश्यक पर्ने सावधानी अपनाउने उपायहरू पालना नगरेको तथा बसमा चढ्दा वा झर्दा सामाजिक दूरी कायम नगरेको र मास्क नलगाएको मन्त्रालयले जनाएको छ । नियम उल्लंघन गर्ने सबै कम्पनीहरूलाई आवश्यक कारबाहीको लागि सम्बन्धित ठाउँमा पठाइएको जनाएको छ ।

मास्क नलगाउने ४ सय ६ जना पक्राउ

कोभिड–१९ रोक्नको लागि गरिएको सावधानी र रोकथामका उपायहरूको उल्लंघन गरेको आरोपमा ४४७ जनालाई पक्राउ गरिएको कतार न्यूज एजेन्सीले जनाएको छ ।

ती मध्ये ४०६ जनालाई माक्स नलगाएको भेटिएपछि कारबाहीको लागि सिफारिश गरिएको जनाएको छ । बाँकी ३४ जनाले गाडीमा अनुमति दिइएको सङ्ख्या भन्दा बढी मानिस बोकेर नियम उल्लघन गरेको कतारको आन्तरिक मन्त्रालयले जनाएको छ ।

नियम अनुसार एकै घरका बाहेक ड्राइभर सहित चार जना मात्र गाडीमा बस्नु पर्नेछ । बाँकी तीन व्यक्तिलाई क्वारेन्टाइन आवश्यकताको पालना नगरेकोमा र अन्य चारजनाले आफ्नो मोबाइल फोनमा एह्तराज एप्स प्रयोग नगरेकोमा कारबाही गरिएको हो । माक्स नलगाई हिँड्ने ठूलो सङ्ख्यामा पक्राउ परिसकेका छन् ।

यसघि नै यहाँस्थित नेपाली दूतावासले क्याम्पबाट बाहिर निस्कँदा मास्क अनिवार्य लगाउनुपर्ने, मोबाइलमा एह्तराज एप्लीकेशन हुनुपर्ने, क्याम्पभित्र ५ र खुल्लास्थानभित्र १५ जनाभन्दा बढी भेला नहुन, सार्वजनिक स्थल वा समुद्री किनारामा १५ जना भन्दा बढी भेला नहुन लगायत यहाँको सरकारले जारी गरेको कोरोना सम्बन्धी नियमलाई पूर्णरुपमा पालना गर्न नेपाली समुदायलाई आग्रह गरिसकेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  १० : ४३ बजे

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी