सर्वोच्चमा लिखित जबाफ लिएर जाँदै प्रधानमन्त्री « Khabarhub

सर्वोच्चमा लिखित जबाफ लिएर जाँदै प्रधानमन्त्री


६ फाल्गुन २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जबाफ पेश गर्न आज आफैँ सर्वोच्च अदालत जाँदैछन् ।

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको तथा वहसलाई तमासा भनेको भन्दै अवहेलना मुद्दा दर्ता भएको थियो ।

गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीसहित चार पूर्वप्रधानन्यायाधीश तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई आफैँ उपस्थित भइ लिखित जबाफ पेश गर्न आदेश दिएको थियो ।

बाटोको म्यादबाहेक एक साताभित्र उपस्थित हुन भनेपनि अदालतले प्रधानमन्त्री निवासमा मंगलबारमात्र म्याद तामेल गरेको थियो । यसअघि चार पूर्वप्रधानन्यायाधीशले बुधबारै अदालतमा गएर म्याद बुझी लिखित जबाफ पेस गरिसकेका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहिबार  ११ : १५ बजे

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्ति बढेको आरोप लगाउँदै ओलीले भने- आन्दोलनको विकल्प छैन

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री