सीमा क्षेत्रबाट लागुऔषधसहित पक्राउ | Khabarhub Khabarhub

सीमा क्षेत्रबाट लागुऔषधसहित पक्राउ


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- पुनर्वास नगरपालिका–४ कार्गिलडाँडास्थित नेपाल–भारत सीमा क्षेत्रबाट लागुऔषधसहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ शिवमन्दिर बस्ने ३० वर्षीय सद्दाम मिया रहेका छन् ।

मियाले चलाएको से४प ७७६७ नम्बरको मोटरसाइकलसहित लागुऔषध प्याइभोन स्पास प्लस १० गोटा चक्की, नेट्राभेट दुई चक्की र एक ग्राम खैरो हिरोइन बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताए ।

पक्राउ परेका मियालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  १२ : २२ बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न