मृत्युको मुखबाट फर्किएकी डेमी | Khabarhub Khabarhub

मृत्युको मुखबाट फर्किएकी डेमी


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स– अमेरिकी गायिका डेमी लोभेटोले सन् २०१८ मा लागुऔषधको ओभरडोजले आफू मृत्युको मुखमा पुगेर फर्किएको खुलासा गरेकी छन् । २८ वर्षीया गायिका लसएन्जल्सस्थित घरमा अचेत अवस्थामा भेटिएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो ।

उनले मद्यपान र लागु औषध दुव्र्यसनको झण्डै ६ वर्ष उपचार गराइन् । उनको नयाँ युट्युब डकुमेन्ट्री सिरिज ‘डान्सिङ विथ दी डेभिल’को सार्वजनिक ट्रेलरमा डेमीले लागुऔषधको ओभरडोजले आफूलाई पुर्‍याएको असरका बारे मुख खोेलेकी हुन् ।

‘मलाई तीनपटक स्ट्रोक भएको थियो । त्यो हृदयघात थियो । मलाई डाक्टरले तिमीसँग पाँचदेखि १० मिनेटमात्र समय छ भनेका थिए’, उनले भनेकी छन् ।

एसोएिसट प्रेससँगको अन्तरवार्तामा उनले ओभरडोजले आफ्नो दिमाग झन्डै ड्यामेजको अवस्थामा पुगेको खुलाएकी छन् । ‘अहिले पनि त्यसको असर भोगिरहेकी छु’, डेमीको भनाइ छ ।

लोभाटोले ‘बार्ने एण्ड फ्रेन्ड्स’मा बाल कलाकारका रुपमा अभिनय गरेकी थिइन् । तर उनले लोकप्रियता भने डिस्ने च्यानलबाट पाइन् । ‘क्याम्प रक’ फिल्म सिरिजमा अभिनय गरेपछिमात्र उनले आफ्नो सफल सांगीतिक यात्राको सुभारम्भ गरिन् ।

उनले ६ वटा एलबम निकालिसकेकी छन् भने अमेरिकी भर्सनको ‘एक्स फ्याक्टर’मा निर्णायकको भूमिका निर्वाह गरिसकेकी छन् ।–एजेन्सी

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  १२ : ४० बजे

ताइवानमा ६.१ रेक्टरको भूकम्प 

काठमाडौं– ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको पूर्वी

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच केही बेर

बझाङमा १५ प्रतिशत मतदान

काठमाडौं– बझाङ प्रदेशसभा–१ मा भइरहेको उपनिर्वाचन अन्तर्गत अहिलेसम्म १५ प्रतिशत

साल्पा–सिलिचुङको मुन्दुमी मिथक लिपिबद्ध गरिँदै

ललितपुर– मुन्दुम मौखिक इतिहास हो । किरात समुदायले मुन्दुमलाई जीवनदर्शन

इलामको एक मतदान केन्द्रमा विवाद, स्वतन्त्र उम्मेदवारका प्रतिनिधिको मुढा खोसियो

इलाम – इलाम नगरपालिका-७ स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पस मतदान केन्द्रमा