आईपीएलको नयाँ सिजनका लागि बिकेनन् सन्दीप « Khabarhub

आईपीएलको नयाँ सिजनका लागि बिकेनन् सन्दीप


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल)को नयाँ सिजनका लागि नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई कुनै पनि टोलीले लिएन ।

लगातार तीन सिजन दिल्ली क्यापिटल्सबाट खेलेका लामिछाने बिहीबार भएको खेलाडीको ‘अक्सन’मा बिकेनन् ।

अक्सनमा सर्वाधिक १६ करोड २५ लाख भारतीय रुपैयाँमा राजस्थान रोयल्सले दक्षिण अफ्रिकी खेलाडी क्रिस मोरिसलाई किन्यो।

मोरिस आईपीएलमा अहिलेसम्मकै सबैभन्दा महँगा खेलाडी बने।  यस्तै १४ करोड २५ लाख भारतीय रुपैयाँमा अस्ट्रेलियन खेलाडी ग्लेन म्याक्सवेललाई रोयल च्यालेन्जर्स बैंग्लोरले किनेको छ।

उनका लागि सुरुवाती रकम २ करोड भारतीय रुपैयाँ रहेको थियो।

आईपीएलको १४औँ संस्करण आगामी अप्रिलदेखि मेको समयमा हुने तयारी छ।

सन्दीपलाई दिल्ली डेयरडेभिल्सले सन् २०१८ मा पहिलोपटक आईपीएलका लागि आबद्ध गरेको थियो। उनी आधारमूल्य २० लाख भारुमा आबद्ध भएका थिए।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ६ : २३ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु