दुई हप्ताभित्र २० लाख डोज कोरोनाको खोप आइपुग्छ : स्वास्थ्यमन्त्री त्रिपाठी (भिडियोसहित) « Khabarhub

दुई हप्ताभित्र २० लाख डोज कोरोनाको खोप आइपुग्छ : स्वास्थ्यमन्त्री त्रिपाठी (भिडियोसहित)


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सरकारले खोप प्रक्रियाको काम पूरा गरिसकेको जनाउँदै २ हप्ताभित्र खोप आइपुग्ने बताएका छन् ।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै त्रिपाठीले भारतसँग खरिद गर्न लागेको २० लाख डोज खोप सहुलियत दरमै दुई साताभित्र ल्याइने बताएका हुन् ।

हेरौँ भिडियो

उनले खोप खरिदका लागि भारतको सेरम इन्स्टिच्युटलाई अग्रिम रकम बुझाइएको पनि जानकारी दिए । मन्त्रालयले सेरमले उत्पादन गरेको कोभिसिल्ड खोप २० लाख डोज खरिद गर्न लागेको हो ।

खोप नेपाल आएपछि २३ गतेबाट दोस्रो चरणको खोप अभियान सुरु हुने पनि मन्त्री त्रिपाठीले जानकारी दिए । दोस्रो चरणमा जेष्ठ नागरिकहरुलाई प्राथमिकतामा राखेर खोप लगाइने जानकारी दिए ।

मन्त्री त्रिपाठीले चिकित्सक संघले सार्वजनिक गरेको चिकित्सकको परामर्श शुल्कसम्बन्धी पत्रका बिषयमा मन्त्रालयको ध्यानाकर्षण भएको बताए । यस बिषयमा मन्त्रालयले थप निर्णय गर्नुपर्ने भएपनि संघले एकलौटी रुपमा शुल्क बढाउने निर्णयमा मन्त्रालयको सहमति नरहेको उनले बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ९ : ०५ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन