दुई हप्ताभित्र २० लाख डोज कोरोनाको खोप आइपुग्छ : स्वास्थ्यमन्त्री त्रिपाठी (भिडियोसहित) « Khabarhub

दुई हप्ताभित्र २० लाख डोज कोरोनाको खोप आइपुग्छ : स्वास्थ्यमन्त्री त्रिपाठी (भिडियोसहित)


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सरकारले खोप प्रक्रियाको काम पूरा गरिसकेको जनाउँदै २ हप्ताभित्र खोप आइपुग्ने बताएका छन् ।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै त्रिपाठीले भारतसँग खरिद गर्न लागेको २० लाख डोज खोप सहुलियत दरमै दुई साताभित्र ल्याइने बताएका हुन् ।

हेरौँ भिडियो

उनले खोप खरिदका लागि भारतको सेरम इन्स्टिच्युटलाई अग्रिम रकम बुझाइएको पनि जानकारी दिए । मन्त्रालयले सेरमले उत्पादन गरेको कोभिसिल्ड खोप २० लाख डोज खरिद गर्न लागेको हो ।

खोप नेपाल आएपछि २३ गतेबाट दोस्रो चरणको खोप अभियान सुरु हुने पनि मन्त्री त्रिपाठीले जानकारी दिए । दोस्रो चरणमा जेष्ठ नागरिकहरुलाई प्राथमिकतामा राखेर खोप लगाइने जानकारी दिए ।

मन्त्री त्रिपाठीले चिकित्सक संघले सार्वजनिक गरेको चिकित्सकको परामर्श शुल्कसम्बन्धी पत्रका बिषयमा मन्त्रालयको ध्यानाकर्षण भएको बताए । यस बिषयमा मन्त्रालयले थप निर्णय गर्नुपर्ने भएपनि संघले एकलौटी रुपमा शुल्क बढाउने निर्णयमा मन्त्रालयको सहमति नरहेको उनले बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ९ : ०५ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा