एक प्रेरक प्रसंग ‘समयको सीमितता’ « Khabarhub

एक प्रेरक प्रसंग ‘समयको सीमितता’


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रसिद्ध चिकित्सक अमरनाथ झा समयको पालना गर्ने मानिस थिए । एक पटक उनी एउटा साहित्यिक गोष्ठीका लागि पटना गएका थिए । उनलाई गोष्ठीको मुख्य अतिथि बनाइएको थियो । निमन्त्रणा स्वीकार गर्दै झाले आयोजकसँग भने— निर्धारित समयमा अर्थात् ५:३० बजे कसैलाई निवासस्थानमा लिन पठाउनू ।

डाक्टर झा ५:३० बजे नै तयार भएर बसे । तर उनलाई लिन आउने मानिस ६:०० बजेपछि मात्र आइपुगे । आउनेबित्तिकै ढिला भएकोमा क्षमा मागे ।

डाक्टर झाले उनको क्षमायाचनाको वास्तै गरेनन् । गोष्ठीमा जान ठाडै अस्वीकार गरिदिए । आयोजकले धेरै आग्रह गरे । तपाईं जानुभएन भने हाम्रो गोष्ठी असफल हुनेछ भनेर अनेकौँ पटक हारगुहार गरे ।

अमरनाजले नम्रतापूर्वक जवाफ दिए— तपाईंको गोष्ठी असफल हुँदै गरेकोमा म खेद व्यक्त गर्छु । तर ढिलो गएर काम गर्नु मेरा लागि स्वीकार्य छैन ।

साभार  : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ६ : १६ बजे

बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी

काठमाडौं– सरकारको अकर्मण्यताका कारण पछिल्लो समय सडकमा अराजकता बढ्दै गएको

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै