एक प्रेरक प्रसंग ‘समयको सीमितता’ « Khabarhub

एक प्रेरक प्रसंग ‘समयको सीमितता’


५ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रसिद्ध चिकित्सक अमरनाथ झा समयको पालना गर्ने मानिस थिए । एक पटक उनी एउटा साहित्यिक गोष्ठीका लागि पटना गएका थिए । उनलाई गोष्ठीको मुख्य अतिथि बनाइएको थियो । निमन्त्रणा स्वीकार गर्दै झाले आयोजकसँग भने— निर्धारित समयमा अर्थात् ५:३० बजे कसैलाई निवासस्थानमा लिन पठाउनू ।

डाक्टर झा ५:३० बजे नै तयार भएर बसे । तर उनलाई लिन आउने मानिस ६:०० बजेपछि मात्र आइपुगे । आउनेबित्तिकै ढिला भएकोमा क्षमा मागे ।

डाक्टर झाले उनको क्षमायाचनाको वास्तै गरेनन् । गोष्ठीमा जान ठाडै अस्वीकार गरिदिए । आयोजकले धेरै आग्रह गरे । तपाईं जानुभएन भने हाम्रो गोष्ठी असफल हुनेछ भनेर अनेकौँ पटक हारगुहार गरे ।

अमरनाजले नम्रतापूर्वक जवाफ दिए— तपाईंको गोष्ठी असफल हुँदै गरेकोमा म खेद व्यक्त गर्छु । तर ढिलो गएर काम गर्नु मेरा लागि स्वीकार्य छैन ।

साभार  : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  ६ : १६ बजे

प्रधानमन्त्री बालेनको दसैँ शुभकामना- आसुरी प्रवृत्ति, कुशासन र भ्रष्टाचारविरुद्ध एकजुट आवश्यक छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशमा विद्यमान आसुरी प्रवृत्तिका रूपमा

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ – जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको