‘इण्डियन आइडल’मा फर्कदै अनु मलिक « Khabarhub

‘इण्डियन आइडल’मा फर्कदै अनु मलिक


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड गायक तथा संगीतकार अनु मलिक एकपटक पुनः ‘इण्डियन आइडल’मा आउने भएका छन् । यसपटक उनको आगमन निर्णायकका रुपमा नभई केवल अतिथीका रुपमा मात्र हुनेछ ।

टाइम्स अफ इण्डियामा प्रकाशित समाचारअनुसार ९० औं भागको यो विशेष श्रृंखलामा अनुका साथ उदित नारायण झा र गीतकार समीरको पनि उपस्थिति हुनेछ ।

‘यो ९० दशकको म्यूजिक विकेन्ड एपिसोड हुनेछ । अनुले ९० को दशकमा कैयौं फिल्मका लागि संगीत सिर्जना गरे । ती गीतहरु चार्टबस्टर रहेका छन्’, समाचारमा लेखिएको छ,‘त्यहीकारण यो एपिसोड अनु मलिक बिना पुरा हुन सक्दैन । त्यसकारण अनु अतिथीका रुपमा आउन लागेका हुन् । अनुसँगै गीतकार समीर र गायक उदित नारायण झाको पनि विशेष उपस्थिति रहनेछ । जसले ९० को दशकको संगीतमा सानदार योगदान दिएका थिए ।’

अनु सुरुवाती समयदेखि नै ‘इण्डियन आइडल’को हिस्सा थिए । तर सिजन १० मा भने उनको स्थानमा जावेद अली आए । यो सिजनमा उनलाई यौन उत्पीडनको आरोप लागेपछि जावेद उनको स्थानमा आएका थिए ।

उनी सिजन ११ मा पुन शोमा आए पनि गायिकाहरु सोना महापात्रा, नेहा भसीन र श्वेता पण्डितले उनको विरुद्ध ट्वीट गरेपछि अनुको स्थानमा हिमेश रेशमियाको आगमन भयो ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ११ : २५ बजे

नारायणी अस्पताल घटनाबारे छानबिन गर्न समिति गठन

वीरगञ्ज– नारायणी अस्पतालमा शनिबार भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति

धर्मेन्द्र प्रधानको राजीनामापछि प्रह्लाद जोशी बने भारतका नयाँ शिक्षा मन्त्री

नयाँदिल्ली- धर्मेन्द्र प्रधानको राजीनामापछि भारतले नयाँ शिक्षा मन्त्री पाएको छ।

सरकारी टोली र डाक्टर केसीका प्रतिनिधिबीच वार्ता शुरु 

धनगढी– बिहीबारदेखि अनशनमा बसेका डाक्टर गोविन्द केसीका मागबारे सरकारी वार्ता

‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापनबारे ओमानसँगको वार्तामा प्रगति : इरान

तेहरान- इरानले रणनीतिक ‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापन तथा त्यहाँबाट पानीजहाजको

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आयोजित ‘राजधानी मार्च’ (तस्बिरहरू)

काठमाडौं– लघुवित्त तथा वित्तीय शोषण पीडित किसान-मजदुरले काठमाडौंमा ‘राजधानी मार्च’ गरेका