अर्जुन भन्छन्, ‘नेपाल–भारत सीमामा अनौठो अनुभव भयो’ « Khabarhub

अर्जुन भन्छन्, ‘नेपाल–भारत सीमामा अनौठो अनुभव भयो’


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– मार्च १९ अर्थात् भोलि शुक्रबारबाट रिलिज हुने फिल्म ‘सन्दीप और पिंकी फरार’ को केही अंश नेपालमा पनि छायांकन गरिएको छ ।

दिवाकर बनर्जी निर्देशित फिल्ममा अर्जुन कपूर र परिणीति चोपडा प्रमुख भूमिकामा छन् । फिल्ममा परिणीतिले सन्दीप कौर र अर्जुनले पिंकी दहियाको भूमिकामा अभिनय गरेका छन् ।

दैनिक भास्करसँगको अन्तरवार्तामा अर्जुनले नेपाल र भारतको सीमानाका विषयमा भएको छायांकन अनुभवबारे बोलेका छन् । ‘फिल्मको सुटिङ गुडगाँव र नयाँदिल्लीमा भएको छ । हामी उत्तराखण्डको पिथौरागढ पनि गयौं । जो स्थान नेपालको सीमानामा पर्छ’, अर्जुनले भनेका छन् ।

उनले त्यहाँबाट १ सय ५० पाइला जति हिँड्दा नेपाल पुगिने बताए । ‘पहिला सीमाना पार गर्नु ठूलो कुरा लाग्थ्यो । तर नेपाल र भारतको सीमामा अनौठो अनुभव भयो’, पहिलोपटक पिथौरागढ आएका अर्जुनले भनेका छन् ।

यो फिल्मको केही समय अघि ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरको सुरुवात परिणीतिबाट हुन्छ, जो एक ट्याक्सी ड्राइभर देखिने अर्जुनसँग सहयोग माग्छिन् ।

परिणीतिलाई प्रहरीले खोजिरहेका हुन्छन् । त्यहीकारण अर्जुनले उनलाई त्यहाँबाट भगाउन सहयोग गर्छन् । उनीहरु भागेर एक वृद्ध दम्पत्तिको घर पुग्छन् ।

तर प्रहरीहरु उनीहरु भएकै ठाउँमा खोज्दै आइपुग्छन् । त्यसपछि उनीहरु प्रहरीबाट बच्न नेपाल आउछन् ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  १२ : ५५ बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती