बलिउड अभिनेत्रीको ‘फाटेको जिन्स’ फेसन ट्रेण्ड « Khabarhub

बलिउड अभिनेत्रीको ‘फाटेको जिन्स’ फेसन ट्रेण्ड


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतको उत्तराखण्डका मुख्यमन्त्री तीरथ सिंह रावतले भनेको ‘फाटेको जिन्स’ शब्दले बलिउडमा चर्चा पाएको छ । महिलाको जिन्समाथि मुख्यमन्त्रीले व्यक्त गरेको धारणाले उनलाई अन्य अभिनेत्रीहरुले आफूहरुको तस्वीर हेर्न आग्रह गरेका छन् ।

आजतकमा प्रकाशित समाचारअनुसार सामाजिक सञ्जालमा यो समयमा कैयौं यस्ता तस्वीरहरु भाइरल भइरहेका छन्, जहाँ बलिउड अभिनेत्री आफ्नो फाटेको जिन्समा देखिएका छन् । तर अहिले जुन फेसनलाई ट्रेण्डका रुपमा लिइएको छ, त्यो आफैंमा पुरानो र लामो समयदेखिको हो ।

कैयौं बलिउड अभिनेत्रीहरु फाटेको जिन्समै देखिन्छन् । तर उनीहरुको शैली भने फरक फरक किसिमको छ । उनीहरुको फेसन सेन्सले फ्यानलाई उत्तिकै प्रभावित बनाउने गरेको छ ।

अभिनेत्री दीपिका पादुकोणले कैयौं पटक रिप्ड जिन्स लगाएकी छन् । फाटेको जिन्समा सार्वजनिक स्थानमा भेटिदा उनी निकै खुल्छिन् ।

अर्की अभिनेत्री कृति सेनन पनि सामाजिक सञ्जालमा आफ्नो फोटोसुटवाला फोटो शेयर गरिरहन्छिन् । उनलाई फाटेका जिन्सको फेसन निकै मनपर्छ ।

अभिनेत्री श्रद्धा कपुर विशेषत नो मेकअप लुकमा फाटेका जिन्स लगाउन रुचाउछिन् । ‘स्टुडेण्ट अफ द इयर २’बाट बलिउडमा पाइला चालेकी तारा सुतारियाले पनि निकै सुन्दर फाटेका जिन्स लगाउछिन् ।

अभिनेत्री सारा अली खान पनि फाटेको जिन्स लगाउन लालयित हुन्छिन् । कैयौंपटक उनलाई यस्तो फेसनमा दर्शकले देखेका छन् ।

फेसन र डान्सिङ क्विन मलाइका अरोडा खान यस्तो फेसन कमजोर छैनन् । एयरपोर्टमा होस् वा सपिङमा उनलाई कैयौं पटक फाटेको जिन्सको फेसनमा देखिइएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ५ : ४२ बजे

नारायणी अस्पताल घटनाबारे छानबिन गर्न समिति गठन

वीरगञ्ज– नारायणी अस्पतालमा शनिबार भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति

धर्मेन्द्र प्रधानको राजीनामापछि प्रह्लाद जोशी बने भारतका नयाँ शिक्षा मन्त्री

नयाँदिल्ली- धर्मेन्द्र प्रधानको राजीनामापछि भारतले नयाँ शिक्षा मन्त्री पाएको छ।

सरकारी टोली र डाक्टर केसीका प्रतिनिधिबीच वार्ता शुरु 

धनगढी– बिहीबारदेखि अनशनमा बसेका डाक्टर गोविन्द केसीका मागबारे सरकारी वार्ता

‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापनबारे ओमानसँगको वार्तामा प्रगति : इरान

तेहरान- इरानले रणनीतिक ‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापन तथा त्यहाँबाट पानीजहाजको

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आयोजित ‘राजधानी मार्च’ (तस्बिरहरू)

काठमाडौं– लघुवित्त तथा वित्तीय शोषण पीडित किसान-मजदुरले काठमाडौंमा ‘राजधानी मार्च’ गरेका