बलिउड अभिनेत्रीको ‘फाटेको जिन्स’ फेसन ट्रेण्ड « Khabarhub

बलिउड अभिनेत्रीको ‘फाटेको जिन्स’ फेसन ट्रेण्ड


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतको उत्तराखण्डका मुख्यमन्त्री तीरथ सिंह रावतले भनेको ‘फाटेको जिन्स’ शब्दले बलिउडमा चर्चा पाएको छ । महिलाको जिन्समाथि मुख्यमन्त्रीले व्यक्त गरेको धारणाले उनलाई अन्य अभिनेत्रीहरुले आफूहरुको तस्वीर हेर्न आग्रह गरेका छन् ।

आजतकमा प्रकाशित समाचारअनुसार सामाजिक सञ्जालमा यो समयमा कैयौं यस्ता तस्वीरहरु भाइरल भइरहेका छन्, जहाँ बलिउड अभिनेत्री आफ्नो फाटेको जिन्समा देखिएका छन् । तर अहिले जुन फेसनलाई ट्रेण्डका रुपमा लिइएको छ, त्यो आफैंमा पुरानो र लामो समयदेखिको हो ।

कैयौं बलिउड अभिनेत्रीहरु फाटेको जिन्समै देखिन्छन् । तर उनीहरुको शैली भने फरक फरक किसिमको छ । उनीहरुको फेसन सेन्सले फ्यानलाई उत्तिकै प्रभावित बनाउने गरेको छ ।

अभिनेत्री दीपिका पादुकोणले कैयौं पटक रिप्ड जिन्स लगाएकी छन् । फाटेको जिन्समा सार्वजनिक स्थानमा भेटिदा उनी निकै खुल्छिन् ।

अर्की अभिनेत्री कृति सेनन पनि सामाजिक सञ्जालमा आफ्नो फोटोसुटवाला फोटो शेयर गरिरहन्छिन् । उनलाई फाटेका जिन्सको फेसन निकै मनपर्छ ।

अभिनेत्री श्रद्धा कपुर विशेषत नो मेकअप लुकमा फाटेका जिन्स लगाउन रुचाउछिन् । ‘स्टुडेण्ट अफ द इयर २’बाट बलिउडमा पाइला चालेकी तारा सुतारियाले पनि निकै सुन्दर फाटेका जिन्स लगाउछिन् ।

अभिनेत्री सारा अली खान पनि फाटेको जिन्स लगाउन लालयित हुन्छिन् । कैयौंपटक उनलाई यस्तो फेसनमा दर्शकले देखेका छन् ।

फेसन र डान्सिङ क्विन मलाइका अरोडा खान यस्तो फेसन कमजोर छैनन् । एयरपोर्टमा होस् वा सपिङमा उनलाई कैयौं पटक फाटेको जिन्सको फेसनमा देखिइएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ५ : ४२ बजे

जापानको उपग्रह प्रक्षेपणमा असफलता, जीपीएस सुधार योजना प्रभावित

टोकियो– जापानको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार, सोमबार प्रक्षेपण

‘पूर्णबहादुरको सारङ्गी’को क्रिडिट लिन पाएका तीनै फिल्म फ्लप

काठमाडौं – ०८१ कात्तिकमा प्रदर्शनमा आएको ‘पूर्णबहादुरको सारङ्गी’ व्यापारिक रुपमा

जाडो बढेसँगै ताप्लेजुङका हिमाली बस्ती सुनसान

ताप्लेजुङ– केहीदिन यतादेखि चिसो बसेसँगै जिल्लाका हिमाली क्षेत्रका बस्तीहरू सुनसान भएका

यातायात क्षेत्र सुधारका लागि सक्रिय भयो उच्चस्तरीय आयोग, एक महिने म्यान्डेट 

काठमाडौं– सरकारद्वारा गठित यातायात क्षेत्रसँग सम्बन्धित उच्चस्तरीय जाँचबुझ आयोगले औपचारिक रूपमा

भिरबाट लडेर एक जनाको मृत्यु

भद्रपुर– यहाँको अर्जुनधारा नगरपालिका–२ लाप्चेटारमा भिरबाट लडेर एक जनाको मृत्यु