‘सी’ डिभिजन लिगमा स्वयम्भुको पहिलो जीत « Khabarhub

‘सी’ डिभिजन लिगमा स्वयम्भुको पहिलो जीत


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ‘सी’ डिभिजन लिगमा स्वयम्भुले पहिलो जीत दर्ता गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार भएको खेलमा स्वयम्भुले ओसिस क्लबलाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।

स्वयम्भुका लागि सविन गुरुङ, कुमार दोङ र विक्की राईले गोल गरे ।

यस्तै ओसिसका लागि सान्त्वना गोल राजन पुन मगरले गरे । खेलको ३८औँ मिनेटमा स्वयम्भुका लागि सविनले पहिलो गोल गरेका थिए ।

खेलको ४३औँ मिनेटमा कुमारले स्वयम्भुका लागि दोस्रो गोल गरे । यसैगरी खेलको ८९औँ मिनेटमा विक्की राईले स्वयम्भुका लागि तेस्रो गोल गरे । ओसिसका लागि भने एक मात्र गोल खेलको ६८औँ मिनेटमा राजन पुनमगरले गरेका हुन् ।

जीतसँगै स्वयम्भुले २ खेलबाट ३ अङ्क जोडेको छ । २ खेलमा पराजित ओसिस अङ्कविहीन अवस्थामा छ । यही चैत २४ गतेसम्म सञ्चालन हुने ‘सी’ डिभिजन लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ९ : ३३ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा