आजको मौसम : अपराह्न पहाडी भेगमा हावाहुरीसहित वर्षा हुने सम्भावना « Khabarhub

आजको मौसम : अपराह्न पहाडी भेगमा हावाहुरीसहित वर्षा हुने सम्भावना


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज पनि  देशका पहाडी भेगमा वर्षाको सम्भावना रहेको छ ।

हाल पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज अपराह्नतिर र राति देशको पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले जारी गरेकी तीन दिनको पूर्वानुमान वुलेटिनमा मंगलबारसम्म नै पहाडी भेगमा हल्का वर्षाको सम्भावना छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

बैशाख ५ गते (आइतबार)

दिउँसो: देशको प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।देशको पहाडी भू-भागका थोरै स्थानहरुमा अपराह्नतिर मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति : देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ । देशका पहाडी भू-भागका एक वा दुई  स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

बैशाख ६ गते (सोमबार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति :  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ । देशका पहाडी भू-भागका एक दुई  स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

बैशाख ७ गते (मंगलबार)

दिउँसो: देशको सुदूरपश्चिम प्रदेश, कर्णाली तथा प्रदेश १ मा आंशिकदेखि सामान्य बदली बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरुमा अपराह्नतिर  मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति :  देशको सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ । देशको सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरुमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ७ : १० बजे

ओलीलाई गैरकानुनी हिरासतमा राखिएको भन्दै राधिका शाक्य सर्वोच्च जाँदै

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

आरसिबीका लागि विराटको नटआउट विष्फोटक ब्याटिङ २०२ रनको लक्ष्य १५.४ ओभरमै पूरा

काठमाडौँ – रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबी) ले इन्डियन प्रिमियर लिग

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण