मुख्यमन्त्री राईले प्रदेशसभा बैठकमा सम्बोधन गर्दै, अवरोध गर्ने विपक्षीको रणनीति « Khabarhub

मुख्यमन्त्री राईले प्रदेशसभा बैठकमा सम्बोधन गर्दै, अवरोध गर्ने विपक्षीको रणनीति


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले आज प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

दिउँसो १ बजे बोलाइएको बैठकमा मुख्यमन्त्री राईले सम्बोधन गर्ने उनका राजनीतिक सल्लाहकार रामकुमार बस्नेतले जानकारी दिए ।

राईले सम्बोधन गरेर अहिलेसम्म भए गरेका कामबारे सभालाई जानकारी गराउने छन् । मुख्यमन्त्री राईको सम्बोधनपछि हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारी तयारी छ ।

तर विपक्षी दलहरूले आजको बैठक पनि चल्न नदिने अडान लिएका छन् । आफूहरूले राखेको माग पूरा नभएसम्म सभा चल्न नदिने नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

प्रतिपक्षी दलहरुले चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरु सूचारू गर्नु पर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका वहुवर्षे विकास आयोजनाको काम सञ्चालन गर्नुपर्ने माग राखेर बैठक अवरूद्ध गर्दै आएका छन् ।

प्रदेश १ को हिउँदे अधिवशेन गत माघ ७ गते शुरू भएको थियो । यस अवधिमा प्रदेशसभा बैठक सात पटक मात्र बसेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  १० : २० बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको