बंगलादेशमा गोली चल्दा चिनियाँ जोइन्ट भेन्चरमा कार्यरत पाँच जना मारिए « Khabarhub

बंगलादेशमा गोली चल्दा चिनियाँ जोइन्ट भेन्चरमा कार्यरत पाँच जना मारिए


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका– बंगलादेशको चटगाउँ क्षेत्रको बाँशखलीस्थिति चिनियाँ जोइन्ट भेन्चरको कोइला उद्योगमा गोली चल्दा पाँच जना मारिएका छन् । उक्त गोलाबारीमा करिब १५ भन्दा बढी कामदारहरु घाइते भएका छन् ।

मुस्लिमहरुको महान चाड रमजान मनाउन आफ्नो काम गरेको बक्यौता ज्याला माग गर्दै धर्ना दिइरहेका कामदारमाथि गोली चलाइएको हो ।

चटगाउँ रेन्जका डिप्टी इन्सपेक्टर जनरल अन्वर हुसेनले भने, “मृत्यु हुनेमा चुआडांगाका रोनी, किशोरगञ्‍जका मो. राहाद, नरसिंगीका शुवो, बन्शाखलीका महमूद रजा र नोआखलीका रायहान रहेका छन् ।”

‘रायहान’ को चटगाउँ मेडिकल कलेज अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका ड्युटी डा. फ्यासल करीमले बताइन् ।

डीआईजी हुसेनका अनुसार बाँशखलीको गण्डमारामा कोइलाबाट बिजुली उत्पादन गर्ने प्लान्टमा काम गर्ने कामदारहरूले रमजान मनाउन आफ्नो बाँकी रकम दिनुपर्ने माग गर्दै शुक्रबारदेखि प्रदर्शन गरिरहेका थिए ।

रमजान आउनुअघि नै आफूहरुलाई आफ्नो बाँकी ज्याला नदिएको भन्दै असन्तुष्ट कामदाहरुले माग पूरा नभएको र मजदुरका नेताहरुले पनि आफ्नो मागको सुनुवाइ नगरेको भन्दै धर्ना दिइरहेका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ३ : ४४ बजे

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन