बंगलादेशमा गोली चल्दा चिनियाँ जोइन्ट भेन्चरमा कार्यरत पाँच जना मारिए | Khabarhub Khabarhub

बंगलादेशमा गोली चल्दा चिनियाँ जोइन्ट भेन्चरमा कार्यरत पाँच जना मारिए


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका– बंगलादेशको चटगाउँ क्षेत्रको बाँशखलीस्थिति चिनियाँ जोइन्ट भेन्चरको कोइला उद्योगमा गोली चल्दा पाँच जना मारिएका छन् । उक्त गोलाबारीमा करिब १५ भन्दा बढी कामदारहरु घाइते भएका छन् ।

मुस्लिमहरुको महान चाड रमजान मनाउन आफ्नो काम गरेको बक्यौता ज्याला माग गर्दै धर्ना दिइरहेका कामदारमाथि गोली चलाइएको हो ।

चटगाउँ रेन्जका डिप्टी इन्सपेक्टर जनरल अन्वर हुसेनले भने, “मृत्यु हुनेमा चुआडांगाका रोनी, किशोरगञ्‍जका मो. राहाद, नरसिंगीका शुवो, बन्शाखलीका महमूद रजा र नोआखलीका रायहान रहेका छन् ।”

‘रायहान’ को चटगाउँ मेडिकल कलेज अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका ड्युटी डा. फ्यासल करीमले बताइन् ।

डीआईजी हुसेनका अनुसार बाँशखलीको गण्डमारामा कोइलाबाट बिजुली उत्पादन गर्ने प्लान्टमा काम गर्ने कामदारहरूले रमजान मनाउन आफ्नो बाँकी रकम दिनुपर्ने माग गर्दै शुक्रबारदेखि प्रदर्शन गरिरहेका थिए ।

रमजान आउनुअघि नै आफूहरुलाई आफ्नो बाँकी ज्याला नदिएको भन्दै असन्तुष्ट कामदाहरुले माग पूरा नभएको र मजदुरका नेताहरुले पनि आफ्नो मागको सुनुवाइ नगरेको भन्दै धर्ना दिइरहेका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ३ : ४४ बजे

आज २०८१ साल जेठ १ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ १ गते मंगलबार तदनुसार

सप्तरीका अग्निपीडितलाई नगद सहयोग

सप्तरी – जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीले आज जिल्लाको महादेवा

दातृ संस्थाहरुको लगानी अनुसार प्रतिफल देखिएन : मुख्यमन्त्री कँडेल

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर्राष्ट्रिय दातृ संस्थाहरुको

६ हजार सात सय कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं – सार्वजनिक पद धारणा गरेका छ हजार सात सय

कार्यान्वयनमुखी बजेट ल्याउन वित्त आयोगको सुझाव

काठमाडौं – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यान्वयनमुखी बजेट