संसदलाई घेराबन्दीमा पारिएको सभामुख सापकोटाको दाबी « Khabarhub

संसदलाई घेराबन्दीमा पारिएको सभामुख सापकोटाको दाबी


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई घेराबन्दीमा पारिएको बताएका छन् ।

नेपाल पत्रकार महासंघको नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण कार्यक्रममा बोल्दै सभामुख सापकोटाले संसदमाथि घेराबन्दी भइरहेको बताएका हुन् ।

‘व्यक्तिबीचको टक्कर हो कि भनेर बहस भइरहेको छ । तर त्यसो होइन, यो टक्कर लोकतान्त्रिक मुल्य मान्यतालाई अघि बढाउने विषयसँग सम्बन्धित छ । राष्ट्रिय हितका विषयमा दृढतापूर्वक अघि बढेपछि संसदमाथि  निकै ठूला घेराबन्दी भइरहेका छ । त्यसका विषयमा अनेक खालका टिप्पणी भइरहेका छन्,’ उनले भने

संसदलाई समेत प्रभावमा पार्न खोजेको उनले आरोप लगाएका छन् ।

उनले भने,‘ कसैको दबाब, प्रभावमा काम गरेको छैन । मेरो भूमिका स्वतन्त्र रहेको छ । अहिले जनताले २ सय ७५ जनालाई सार्वभौमसत्ता सुम्पेका छन् । त्यो अधिकार खास-खास बेलामा सभामुखमा केन्द्रित हुन्छ । सबै जनताको भावना बुझेर अघि बढ्नुपर्ने हुन्छ ।’

केही दिनयता प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखले अनैतिक काम गरेको भन्दै आलोचना गर्दै आएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ४ : ५१ बजे

हात्ती मारेको अभियोगमा पक्राउ

सप्तरी – हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल