निकट भविष्यमै नेपाल पक्षसँग पार्टी एकता हुने माओवादी नेता पौडेलको खुलासा « Khabarhub

निकट भविष्यमै नेपाल पक्षसँग पार्टी एकता हुने माओवादी नेता पौडेलको खुलासा


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत – नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने बताएका छन् ।

सदरमुकाम कुश्माबजारमा माओवादी केन्द्रद्वारा आज आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले नेपाल पक्षसँग निकट भविष्यमै एकता गर्ने गरी गम्भीर रुपमा वार्ता र छलफल अघि बढेको खुलासा गरे ।

उनले बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि विभाजित सबै दलसँग एकताका लागि पहल भइरहेको जनाउँदै एमाले, जनता समाजवादी पार्टी र माओवादीकै अन्य समूहसँगसमेत निरन्तर छलफल र संवाद अघि बढेको बताए ।

उनले नेपाली कांग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउन पूर्ण रुपमा तयार रहेको जनाउँदै जसपा संस्थागत ढंगले एक भएर उभिन नसकेका कारण ढिलाइ भएको सुनाए । उनले जसपाका बहुमत सदस्य नयाँ सरकार बनाउने पक्षमा रहे पनि केही नेता प्रधानमन्त्री केपी शर्मा ओलीप्रतिको निकटताका कारण उक्त पार्टीमा समस्या परेको पौडेलले बताए । – रासस

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ६ : ३१ बजे

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल

जापान भूकम्प अपडेट : २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

कुमामोटो– जापानका आपतकालीन उद्धारकर्मीहरुले भुकम्पले भत्कीएको सपिङ्ग मलबाट जिवित मानिसलाई

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु घोषणा

काठमाडौं– जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी