शान्ति सुरक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री पौडेल « Khabarhub

शान्ति सुरक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री पौडेल


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको पहिलो प्राथमिकता शान्ति सुरक्षा रहेको बताएका छन् ।

प्रदेश सरकारले निर्माण गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रहरीलाई साधन स्रोतले सुसज्जित गरिने बताए ।

प्रहरी सङ्गठनलाई चुस्तदुरुस्त बनाउन भवन, सवारीसाधनलगायत साधन स्रोत र पर्याप्त जनशक्ति उपलब्धि गराइने उनको भनाइ थियो । उनले प्रहरी प्रदेश सरकार मातहत नआएका कारण लगानी गर्न धेरै समस्या परेको जानकारी दिए । “हामीले धेरै नै मेहनत गरेर प्रहरी चौकी भवन बनाएका छौँ”, उनले भने ।

मन्त्रालयका अनुसार पहिलो चरणमा मकवानपुरमा सात, काभ्रेपलाञ्चोक र सिन्धुलीमा छ–छ, चितवन र रामेछापमा पाँच–पाँच, रसुवा र दोलखामा गरी चार र धादिङ, नुवाकोट र सिन्धुपाल्चोकमा तीन–तीन वटा भवन निर्माण भइरहेका छन् ।

प्रहरी भवन निर्माणका लागि सबैभन्दा बढी मकवानपुर जिल्लामा रु १८ करोड २१ लाख ९६ हजार छुट्टाइएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ९ : १६ बजे

१३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

एजेन्सी – चितवनमा १३६ किलो ५०० ग्राम गाँजासहित ट्रक र चालकलाई

चीन-उत्तर कोरिया जोड्ने पुल बिहीबारदेखि सञ्चालनमा आउने

एजेन्सी– चीन र उत्तर कोरियालाई जोड्ने तीन हजार २६ मिटर

रुबियोले भारत र उज्बेकिस्तान भ्रमण गर्ने

एजेन्सी– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अक्टोबर १७ देखि २२ सम्म

चाडपर्व लक्षित सुरक्षा : सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

काठमाडौं– दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ

न्यून गुणस्तरका खाद्यवस्तु बिक्री गर्नेविरुद्ध मुद्दा

दमौली– खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले मुद्दा