काठमाडौँ उपत्यकाका विद्यालय बन्द गर्न प्रजिअहरुको सुझाव « Khabarhub

काठमाडौँ उपत्यकाका विद्यालय बन्द गर्न प्रजिअहरुको सुझाव


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–काठमाडौँ उपत्यका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले कारोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाभित्रका सबै विद्यालय बन्द गर्न सुझाव दिएका छन् ।

पछिल्लो समय विद्यालय उमेर समूहका बालबालिकाहरुमा कोरोना भाइरसको संक्रमण बढ्दो दरमा देखिएको हुँदा केही दिन विद्यालय बन्द गर्नेुपर्ने उनीहरुले सुझाव दिएका हुन् ।

जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)को आइतबार बसेको बैठकमा काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला प्रमुखहरुहरुले बालबालिकाहरुमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन केही दिन बिद्यालय बन्द नै गर्नुपर्नु सुझाव दिएका हुन् ।

बैठकमा बालबालिकाहरुमा कोरोना संक्रमण बढ्दै गएको, स्वास्थ्य जनसंख्या मन्त्रालयले पनि उपत्यकालाई अति प्रभावित जिल्लाको सूचीमा राखेका हुँदा केही दिन विद्यालय लगायत धेरै भिडभाड हुने स्थानहरु बन्द गर्ने विषयमा छलफल भएको काठमाडौँ जिल्ला प्रशासन कार्यालय प्रमुख कालिप्रसाद पराजुलीले बताए ।

उनले भने ‘कम्तिमा पनि दुई हप्ता विद्यालय बन्द गर्ने सुझाव दिएका छौँ ।’

त्यसपछि पनि संक्रमण कम नभए जोखिमको अवस्था हेरेर थप निर्णय लिनुपर्ने सुझाव आफूहरुले दिएको उनको भनाइ छ ।

शनिबार बसेको सीसीएमसी बैठकले पनि विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । विद्यालय बन्द गर्ने वा नगर्ने भन्ने विषयको कार्यान्वयन भने मन्त्रिपरिषद्ले गर्ने उनले बताए ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ७ : ४० बजे

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण

रोल्पामा भएको जीप दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं – रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो

स्ट्रेट अफ हर्मुजमा नाकाबन्दी जारी रहने ट्रम्पको उद्घोष

वाशिङगटन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज नाकाबन्दी

नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यक : पूर्वअर्थमन्त्री खनाल

काठमाडौं – पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी आर्थिक वर्षको बजेट आकार