ओलीले गरेका निर्णयविरुद्ध निर्वाचन आयोग पुग्यो नेपाल समूह « Khabarhub

ओलीले गरेका निर्णयविरुद्ध निर्वाचन आयोग पुग्यो नेपाल समूह


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेको माधव कुमार नेपाल पक्ष अध्यक्ष केपी शर्मा ओलीले गरेका निर्णयविरुद्ध निर्वाचन आयोग पुगेको छ ।

अध्यक्ष ओलीले आफ्नो समूहका नेताहरुलाई मात्र राखेर २८ फागुनमा गरेको निर्णय अवैध भएको भन्दै यसअघि पनि आयोग पुगेको नेपाल समूह पार्टी विवादलाई लिएर दोस्रोपटक आयोग पुगेको हो ।

सर्वोच्च अदालतले फागुन २३ मा एमाले ब्युँताएपछि अध्यक्ष ओलीले सर्वोच्चको फैसलाविपरित पार्टीमा निर्णयहरु गराएको भन्दै नेपाल समूह निर्वाचन आयोग पुगेको हो ।

आइतबार नेताहरु बेदुराम भुसाल र राजेन्द्र पाण्डे निर्वाचन आयोग पुगेका हुन् । निर्वाचन आयोग पुगेका नेता भुसालले भने ‘सर्वोच्चले नेकपालाई भंग गर्दै एमाले ब्युँताएपछि अध्यक्ष ओलीले गरेका निर्णयहरु सर्वोच्चको फैसला विपरित, निर्वाचन कानुन विपरित र संविधान विपरित रहेकाले ती निर्णयहरु बदरको भागी भएको भन्दै हामी निर्वाचन आयोग पुगेका हौं ।’

उनले सर्वोच्चको फैसला र कानुन विपरित अध्यक्ष ओलीले गरेका निर्णयले पार्टीमा गम्भीर विवाद उत्पन्न भएको भन्दै विवाद निरुपणको मागसहित निर्वाचन आयोगमा निवेदन दिइएको बताए । निर्वाचन आयोगले सो समूहको निवेदनलाई १२०८ दर्ता नम्बरमा दर्ता गरेको छ ।

एमाले ब्युँतिएपछि अध्यक्ष ओलीले बालुवाटारमा फागुन २८ मा राखेको विशेष बैठकले एमालेको ९ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको पद तथा जिम्मेवारी खोस्ने निर्णय गरेका थिए । सो निर्णयलाई माधव नेपाल समूहले अवैध भन्दै आएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ८ : ३० बजे

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको

बाढीपहिरो प्रभावित क्षेत्रमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले बाढी तथा विपद्बाट प्रभावित नागरिकको

सम्पर्कविहीन प्रियजन सकुशल भेटिने आशा कायम राखौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बाढीका