निषेधाज्ञाको अवज्ञा गरी रेष्टुरेण्ट संचालन गर्नेलाई २७ हजार जरिवाना « Khabarhub

निषेधाज्ञाको अवज्ञा गरी रेष्टुरेण्ट संचालन गर्नेलाई २७ हजार जरिवाना


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपन्देहीमा निषेधाज्ञाको अवज्ञा गर्दै रेष्टुरेण्ट सञ्चालन गर्नेलाई प्रशासनले कारबाही गरेको छ ।

बुटवल उपमहानगरपालिका–९ मिलनचोकस्थित सेराज रेष्टुरेण्ट सञ्चालन गरी अनावश्यक भिडभाड गरेको भन्दै प्रहरीले रेष्टुरेण्ट सञ्चालकसहित ३ जनालाई पक्राउ गरेको थियो ।

उनीहरुले निषेधाज्ञाको अवज्ञा गरी रेष्टुरेण्ट सञ्चालन गर्दा २७ हजार ३०० जरिवाना तिर्नुपरेको छ । गुल्मीको रेसुङ्गा नगरपालिका–८ स्थायी घर बुटवल उपमहानगरपालिका –४ वस्ने ४४ वर्षका होटल सञ्चालक शेरबहादुर भण्डारी, स्याङ्जा चापाकोट नगरपालिका– १० स्थायी घर भई बुटवल उपमहानगरपालिका–११ बस्ने ४० वर्षका होटल सञ्चालक शम्भु भट्टराई र उक्त होटलका बारटेण्डर रुकुम मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम आवश्यक कारवाहीको लागी जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पठाईएकोमा जिल्ला प्रशासनले उनीहरुलाई १ महिना कैद वा सो बराबरको जरिवाना अनुरुप जनही ९ हजार १०० जरिवाना तोकिएको थियो ।

जरिवाना बापतको २७ हजार ३०० असुल गरी उनीहरुलाई छाडिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए । रेष्टुरेण्ट सञ्चालन गरी अनावश्यक भिडभाड गराई निषेधाज्ञाको अबज्ञा गरिरहेको अबस्थामा आइतबार वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट डिउटीमा खटिएको प्रहरी टोलीले सम्झाई बुझाई गर्दा प्रहरी अधिकृत समेतको टोलीलाई डिउटीमा बाधा अबरोध समेत गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ११ : ३६ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा– भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल

फेरि चर्कियो अमेरिका–इरान तनाव, पानीजहाजमाथि आक्रमण गरेको दुबै पक्षको दाबी

काठमाडौं- इरान र अमेरिका दुबै पक्षले होर्मुज जलडमरूमा प्रवेश गर्न

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच