प्रेम पाउन धर्म परिवर्तन गर्ने यी अभिनेत्रीहरु « Khabarhub

प्रेम पाउन धर्म परिवर्तन गर्ने यी अभिनेत्रीहरु


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड जहिल्यै धर्मको नाममा उदार छ । बलिउडका यस्ता केही सेलिब्रेटीको लामै सूची छ, जसले आफ्नो धर्मभन्दा बाहिर गएर विवाह गरेका छन् ।

नवभारत टाइम्सका अनुसार अभिनेत्री शर्मिला टैगोर आफ्नो समयको सबैभन्दा ग्ल्यामरस बलिउड अभिनेत्री हुन् । उनको भारतकै सबैभन्दा प्रख्यात र स्टाइलिस क्रिकेटर मंसूर अली खानसँग प्रेम थियो ।

भारतीय क्रिकेट टिमको कप्तान रहेका मंसूरलाई टाइगर पटौदीका नामबाट पनि बोलाइन्थ्यो । शर्मिलाले टाइगरसँग विवाह गर्नका लागि इस्लाम धर्म अपनाइन् । विवाहपछि उनको नाम बेगम आयशा सुल्तान राखियो ।

अभिनेत्री नरगिस एक समय बलिउडकी सफल अभिनेत्री थिइन् । उनको प्रेम आफूभन्दा कम उमेरका अभिनेता सुनील दत्तसँग भएको थियो ।

जब नरगिसले सुनीलसँग विवाह गरिन्, उनले इस्लाम धर्म छोडेर हिन्दु धर्म अपनाइन् । नरगिसले पनि आफ्नो नाम निर्मला दत्त राखेकी थिइन् ।

अभिनेता सैफ अली खानकी पहिलो पत्नी अमृता सिंह सैफ भन्दा जेठी छिन् । सैफसँग विवाह गर्नका लागि अमृताले इस्लाम धर्म अपनाइन् ।

सैफको परिवार यो विवाहविरुद्ध थियो । विवाहको १३ वर्षपछि उनीहरु अलग्गिए । त्यसपछि सैफले अभिनेत्री करीना कपूरसँग विवाह गरे ।

अभिनेत्री आयशा टाकियाका पिता हिन्दु र आमा मुस्लिम थिइन् । उनले मुम्बईका रेष्टुरेन्ट मालिक र समाजवादी पार्टीका नेता अबु आजमीका छोरा फरहान आजमीसँग परम्परागत मुस्लिम रीतिरिवाज अनुसार विवाह गरिन् ।

तर उनले कहिल्यै पनि आफूले मुस्लिम धर्म अनुसार विवाह गरेको स्वीकारिनन् ।

अभिनेत्री हेजल कीचले भारतीय क्रिकेटर युवराज सिंहसँग विवाह गरेकी थिइन् । युवराजसँग विवाह गर्न हेजलले इस्लाम धर्म छोडेर सिख धर्म अपाइन् । उनले आफ्नो नाम पनि गुरबसन्त कौर राखिन् ।

अभिनेत्री दिव्या भारतीले निर्माता साजिद नाडियाडवालासँग गुपचुप विवाह गरेकी थिइन् । यसका लागि उनले हिन्दु धर्म त्यागेर इस्लाम धर्म अपनाएकी थिइन् । तर विवाहको केही समयपछि नै उनको रहस्यमय किसिमले मृत्यु भयो ।

अभिनेत्री नगमाका पिता हिन्दु र आमा मस्लिम थिए । नगमा कुन धर्म मान्छिन् भन्ने कसैलाई थाहा छैन । तर उनले सन् २००८ मा आफूले इसाई धर्म अपनाएको घोषणा गरिन् ।

अभिनेत्री ममता कुलकर्णीले आफ्नो प्रेमी विकी गोस्वामीसँग विवाह गरिन् । विकीलाई लागु औषधको तस्करी आरोपमा युएईमा २५ वर्षको जेल सजाय भएको थियो ।

तर विकीले इस्लाम धर्म अपनाएपछि उनको सजायमा माफी दिइएको थियो । विकीसँगै ममताले पनि इस्लाम धर्म अपनाइन् ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  २ : २० बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क