इलाम अस्पतालमा आजदेखि ४७ बेडको कोभिड उपचार सेवा शुरू « Khabarhub

इलाम अस्पतालमा आजदेखि ४७ बेडको कोभिड उपचार सेवा शुरू

सय वटा अक्सिजन सिलिण्डर माग


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जिल्ला अस्पताल इलाममा आजदेखि ४७ बेडको कोभिड उपचार सेवा शुरू भएको छ ।

यसमा एचडीयू २ बेड र भेन्टिलेटरसहितको एक बेडको सेवा सञ्चालनमा आएको अस्पतालले जनाएको छ । कोभिडका बिरामीलाई तत्कालका लागि अक्सिजन सेवा पनि दिन सकिने अवस्थामा रहेको अस्पतालको भनाइ छ ।

यसैबीच अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रभु साहले अस्पतालमा १ थान भेन्टिलेटर र २ बेडको आईसीयू बेड जडान गरिएपनि सञ्चालनका लागि आवश्यक विशेषज्ञ चिकित्सक उपलब्ध गराई दिन माग गरेका छन् । उनले आज धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पत्र लेख्दै विशेषज्ञ चिकित्सक उपलब्ध गराई दिन आग्रह गरेका हुन् ।

यसैगरी इलाम अस्पतालले जिल्लामा कोरोना भाइरस संक्रमण दर तीव्र गतिमा फैलिरहेको जनाउँदै बिरामीको उपचारका लागि अक्सिजन सिलिण्डरसहित अत्यावश्यक स्वास्थ्य सामग्रीको पनि माग गरेको छ ।

अस्पतालका मेसु डा. साहले टेकुस्थित स्वास्थ्य सेवा विभागलाई पत्र लेख्दै अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामग्री उपलब्ध गराई दिन आग्रह गरेका छन् ।

अस्पतालले अक्सिजन सिलिण्डर (ठूलो) १०० थान, अक्सिजन कन्सन्ट्रेटर १० थान, प्यासेन्ट मोनिटर १० थान, पल्स अक्सिमिटर २० थान, एम्बु ब्याग (एडल्ट) १० थान, एन्टिजेन टेस्ट किट ५०० थान, भेन्टर मास्क १० थान, पीपीई सेट १००० थान र मास्क, पञ्जा, सेनिटाइजरको माग गरेको छ ।

यसैबीच, समाज कल्याण परिषदका कोषाध्यक्ष लोकनाथ सुबेदीको पहलमा करुणा फाउन्डेसन नेपालले इलाम अस्पताललाई पाँच सय थान एन्टिजेन किट उपलब्ध गराउने भएको छ । उक्त किट बुधबारसम्ममा इलाम पुग्ने जानकारी दिइएको छ ।

हेर्नुहोस् पत्र

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ३ : १२ बजे

हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु

अल मुकल्ला – यमनमा हुथी मिसाइल र ड्रोन आक्रमणमा बिहीबार

सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सुदूरपश्चिम – नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई