प्रधानमन्त्रीको शपथविरुद्धको रिटमा सर्वोच्चले दियो अग्राधिकार « Khabarhub

प्रधानमन्त्रीको शपथविरुद्धको रिटमा सर्वोच्चले दियो अग्राधिकार


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले गैर संवैधानिक रुपमा शपथ लिएको भन्दै पुनः शपथ ग्रहणको माग गर्दै परेको रिटलाई सर्वोच्च अदालतले अग्राधिकारको आदेश दिएको छ ।

अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीसहितले दायर गरेको रिटमा आज सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले अन्तरिम आदेश जारी नहुने तर अग्राधिकारको आदेश दिएको हो ।

सर्वोच्चमा प्रधानमन्त्रीको शपथ र अन्य मन्त्रीहरुको नियुक्ति गैर संवैधानिक रुपमा भएको भन्दै चार रिट निवेदन सोमबार दर्ता भएका थिए। अधिवक्ताहरु सन्तोष भण्डारी, नवराज अधिकारी, राजकुमार सुवाललगायतले दायर गरेको रिटमा राष्ट्रपति तथा प्रधानमन्त्रीका कार्यालयलाई कारण देखाउ आदेश र अग्राधिकार दिने आदेश सर्वोच्चले गरेको छ ।

प्रधानमन्त्री ओलीले ३१ वैशाखमा प्रधानमन्त्रीको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ३ : १८ बजे

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको

नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभिएल) को ट्रफी सार्वजनिक गरिएको छ

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका