जसपामा फेरि विवाद : दलको नेता चयन नभएको भन्दै यादवको काउन्टर पत्र « Khabarhub

जसपामा फेरि विवाद : दलको नेता चयन नभएको भन्दै यादवको काउन्टर पत्र


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) का दुई अध्यक्षबीच भएको नयाँ सहमतिको मसी सुक्न नपाउँदै सहमति भाँडिएको छ ।

दुई खेमामा विभाजित जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपन्द्र यादवबीच तत्काल सरकारमा नजाने तर राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वमा नयाँ सरकार बन्ने अवस्थामा सरकार गठनमा अगाडि बढ्ने सहमति भएको थियो ।

तर, उक्त सहमतिको मसी सुक्न नपाउँदै जसपामा विवाद चुलिएको छ । अध्यक्ष ठाकुरले संसदीय दलको नेता राजेन्द्र महतो चयन भएको पत्र संसद सचिवालयमा पठाएसँगै त्यसको विरुद्धमा यादवले अर्को पत्र पठाएका छन् । उनले पठाएको काउन्टर पत्रमा हालसम्म जसपामा दलको नेता कोही पनि चयन नभएको उल्लेख छ ।

कार्यकारिणी समितिबाट संसदीय दलको विधान अनुमोदित हुनुपर्नेमा हालसम्म सो नभएको समेत यादवले सचिवालयलाई जानकारी गराएका छन् । यादवले दलको नेता चयन भनेर सञ्चारमाध्यममा आएका प्रचार भ्रमपूर्ण रहेको र कसैले जानकारी दिएको भए त्यसलाई वैधानिकता नदिन भनेका छन् ।

हेर्नुहोस् पत्र

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ५ : २२ बजे

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घमा ओली निर्वाचित

बाँके– बाँकेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनबाट नयाँ नेतृत्व चयन

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने

भैँसी चराउन गएका ६० वर्षीय ब्रह्मदेवको खोलामा डुबेर मृत्यु

वीरगञ्ज– खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । विन्दवासिनी गाउँपालिका–२

गरिमालाई न्याय माग्दै माइतीघरमा आज पनि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीय बालिका गरिमा