देशभर ८ हजार २०३ जना संक्रमित थपिए, १९६ को मृत्यु | Khabarhub Khabarhub

देशभर ८ हजार २०३ जना संक्रमित थपिए, १९६ को मृत्यु


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार २०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २० हजार २८६ जनाको पीसीआर परीक्षण र ६९३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८ हजार २०३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ ।

यसअघि हिजो नेपालमा ९ हजार २४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

काठमाडौँ उपत्यकामा थपिए २ हजार ६३५   संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ६३५  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौँमा २०४९, भक्तपुरमा २२१ र ललितपुरमा ३६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यसअघि हिजो काठमाडौँ उपत्यकामा ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कुन उमेर समूहमा कति संक्रमित थपिए ?

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार ३०-३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै १९९० जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-

०-९ वर्ष – १७१

१०-१९ वर्ष – ५१०

२०-२९ वर्ष – १८३७

३०-३९ वर्ष – १९९०

४०-४९ वर्ष – १४३८

५०-५९ वर्ष – १०४२

६०-६९ वर्ष – ६२२

७०-७९ वर्ष – २६१

८०-८९ वर्ष – १११

९०-१०० वर्ष- २०

अज्ञात – १३४

कुन प्रदेशमा कति संक्रमित थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ मा १ हजार २३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसैगरी प्रदेश २ का ५१५ जना नयाँ संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको हो

सबैभन्दा बढी बागमती प्रदेशमा ३ हजार ९२१ जना कोरोना संक्रमित थपिएका छन् भने गण्डकी प्रदेशमा ६५० जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै लुम्बिनी प्रदेशमा १ हजार ४३ जना नयाँ संक्रमित थपिएका छन् । कर्णाली प्रदेशका जिल्लामा ४५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने सुदूरपश्चिम प्रदेशका ९ मध्य ६ जिल्लामा गरी ३१६ जना नयाँ संक्रमित थपिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

 

४१ जिल्लामा ५०० भन्दा बढी कोरोनाका सक्रिय संक्रमित

नेपालका ५७ जिल्लामा कोरोना भाइरस संक्रमणको दर तीव्र देखिएको छ । मन्त्रालयको तथ्यांक अनुसार ५७ जिल्ला ‘रेड जोन’मा रहेका छन् ।

जसमध्ये ४१ जिल्लामा पाँच सयभन्दा बढी र अन्य १६ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, सुनसरी, झापामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन्  । प्रदेश २ को पर्सा, धनुषा, महोत्तरी, रौतहट, सप्तरी र बारामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, रामेछाप र सिन्धुली पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी गण्डकी प्रदेशको कास्की, गोरखा, नवलपरासी पूर्व, तनहुँ  र स्याङ्जा पनि पाँच सय भन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया, पाल्पा, रुपन्देही, अर्घाखाँची, नवलपरासी पश्चिम, गुल्मी र कपिलवस्तुमा पनि पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै कर्णाली प्रदेशको सुर्खेत र सल्यान तथा सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, बैतडी, डडेल्धुरा र अछाम पनि पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

यी हुन् २०० बढी संक्रमित रहेका जिल्ला

त्यसैगरी,  प्रदेश १ को ताप्लेजुङ, उदयपुर, धनकुटा र संखुवासभा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश २ को सर्लाही र सिरहामा २ सय भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै  बागमती प्रदेशको दोलखा र रसुवामा २ सय बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी गण्डकी प्रदेशको पर्वत, म्याग्दी, र  लमजुङ पनि २ सय बढी सक्रिय संक्रमित रहेका छन् । लुम्बिनी प्रदेशको रोल्पा दुई सय बढी संक्रमित रहेका छन्।

कर्णाली प्रदेशको जाजरकोट, दैलेख र रुकुम पश्चिममा २ सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यसैगरी सुदुरपश्चिम प्रदेशको डोटी दुई सयभन्दा बढी संक्रमित रहेको  मन्त्रालयले जनाएको छ ।

१ हजार ९८० संक्रमित आईसीयू र भेन्टिलेटरमा

मन्त्रालयका अनुसार १ हजार ९ सय बढी कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल १ हजार ५९० कोरोना संक्रमितको आईसीयूमा र ३९० को भेन्टिलेटरमा गरी कुल १ हजार ९८० जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १९४ जना आईसीयूमा र ४३ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा २२५ आईसीयूमा र ४६ जनाको भेन्टिलेटर उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ७९१ जना आईसीयूमा र २४४ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ११३ जना आईसीयूमा र २४ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १४४ जना आईसीयूमा र १६ जना भेन्टिलेटरमा, कर्णालीमा ८२ जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४१ जना आईसीयू र १० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

एकैदिन ६ हजार ८९१ जनाले जिते कोरोना

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८९१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको छ ।

थप १९६ जना संक्रमितको मृत्यु

नेपालमा थप १९६ जना जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १९६ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् ।

उनका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ५ हजार ४११ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ५ : ३९ बजे

राष्ट्रपतिद्वारा सर्वोच्चमा तीन न्यायाधीश नियुक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त

विराटनगरस्थित आन्तरिक राजस्व कार्यालय अगाडि सुनचाँदी व्यवसायीको धर्ना

काठमाडौं– सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै

प्रभु बैंकका अध्यक्ष कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं– प्रभु बैंक लिमिटेडका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष किशोर जङ्ग

एमालेसँग एकता गर्ने नीति र सोच छैन : अग्नि सापकोटा

काठमाडौं– नेकपा (माओवादी) केन्द्रले सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेसँग एकता

फेसबुकमा सामग्री सेयर गरेको आरोपमा राप्रपाका युवा नेता समातिए

काठमाडौं- राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका