सर्वोच्चले थाल्यो भर्चुअल सुनुवाइ | Khabarhub Khabarhub

सर्वोच्चले थाल्यो भर्चुअल सुनुवाइ


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले अनलाइनबाट भर्चुअल सुनुवाइको सुरुवात गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले मंगलबारदेखि भर्चुअल सुनुवाइ थालेको हो ।

सिन्हाको एकल इजलासमा मंगलबार ६ वटा बन्दीप्रत्यक्षीकरणको निवेदन पेशीमा परेका थिए । सिन्हाको इजलासमा रहेका ६ वटै मुद्दाका कानुन व्यवसायीहरुले अनलाइनबाट बहस गरेका थिए ।

सर्वोच्चले यसरी भर्चुअल सुनुवाइ गर्दा कानुन व्यवसायीहरुलाई कार्यालय (ल फर्म) वा घरबाट मुद्दाको बहस गर्ने सुविधा दिएको छ ।

सुनुवाइ गर्ने न्यायाधीश भने सर्वोच्च अदालतको इजलासमा नै उपस्थित हुन्छन् । भर्चुअल सुनुवाइ गर्ने इजलासहरुमा कानुन व्यवसायीहरुलाई भौतिक रुपमा उपस्थित हुने अनुमति छैन । तर सर्वोच्च अदालतमा उपस्थित हुन चाहेमा सञ्चार कक्षमा बसेर नै भर्चुअल बहसमा सहभागी हुनसक्ने सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।

यसलाई सरोकारवालाहरुसँगको समन्वयमा अरु इजलासमा पनि विस्तार गरिने सर्वोच्च अदालतले जनाएको छ ।

सर्वोच्च अदालतको बैशाख ३१ को पूर्ण बैठकले भर्चुअल बहसमा जाने निर्णय गरेको लगत्तै सर्वोच्चमा आजदेखि भर्चुअल बहस सुरु हुन लागेको हो ।

मुलुकको सर्वोच्च अदालतजस्तो मौलिक अधिकारहरुको अभिभावकले ढोकै बन्द गरेर बस्नु गैर जिम्मेवारी हुने भन्दै न्यायक्षेत्रबाट चर्को आलोचना भएपछि सर्वोच्च अदालतले भर्चुअल बहसमा जाने निर्णय गरेको हो । कतिपय सेवाग्राही र पाका कानुनविद्ले यो व्यवहारिक नहुने भन्दै विरोध गरेका छन् ।

छिमेकी भारतका अदालतहरुले कोरोनाको महामारीको अवधिमा गत बर्षमात्रै ४९ लाख थान मुद्दाको अनलाइन सुनुवाई गरेको सन्दर्भमा नेपालको सर्वोच्च अदालतले समेत अनुकरण गरेको भर्चुअल बहसको भविष्य यसको प्रभावकारीतामा रहने विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ६ : १५ बजे

पशुपालनमा जलवायु परिवर्तनका असर

गण्डकी – गण्डकी प्रदेशमा जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा देखिएको

कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित

काठमाडौं – कथाकार सुजन वैरागीको कथासङ्ग्रह ‘रित्तो हात’ लोकार्पण गरिएको

पर्सामा डिपबोरिङ खन्दा विपद् व्यवस्थापन समितिसँग अनुमति लिनुपर्ने

पर्सा – जिल्लामा डिपबोरिङ खन्नुअघि अनिवार्य रूपमा जिल्ला विपद् व्यवस्थापन

नासाले आफ्नो २० प्रतिशत कर्मचारी गुमाउन सक्ने

वासिङ्टन – अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमा र मङ्गल ग्रहमा

प्रजनन बीउबाट मूल बीउ उत्पादन गरिँदै

स्याङ्जा – वालिङ नगरपालिका–१ यवादीस्थित कृषि विकास स्रोत केन्द्रले प्रजनन