खोप लगाएका आप्रवासी कामदारलाई कुवेतले प्रवेश दिने « Khabarhub

खोप लगाएका आप्रवासी कामदारलाई कुवेतले प्रवेश दिने


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कुवेतले कोरोनाविरुद्धको खोप लगाएका आप्रवासी कामदारलाई प्रवेश अनुमति दिने भएको छ । कुवेतको वैध रेसिडेन्सी भएका र खोपको दुबै डोज लगाएकाहरुलाई आगामी अगस्त १ देखि प्रवेश पाउने भएका छन् ।

साना बच्चाहरू, गर्भवती महिलाहरू र अस्वास्थ्य अवस्था भएका मानिसहरूलाई बाहेक फाइजर-बायोनेटेक, मोडर्ना, अक्सफोर्ड-अस्ट्रजेनेका तथा जोनसन र जॉनसन कम्पनीका खोप लगाएका आप्रवासीहरुलाई प्रवेश दिने निर्णय भएको कुवेत सरकारका प्रवक्ता तारिक अल मजरेमलाई उदृत गर्दै कुवेत टाइम्सले जनाएको छ ।

कुवेत प्रवेश गर्ने आप्रवासीहरुले ७२ घण्टा भित्र पीसीआर परीक्षण गरेको र रिपोर्ट नेगेटिभ भएको प्रमाणपत्र विमानस्थलमा देखाउनु पर्नेछ । कुवेत प्रवेश गरिसकेपछि ७ दिन अनिवार्य रुपमा होम क्वेरन्टाइनमा बस्नु पर्नेछ जनाएको छ ।

७ दिनपछि पीसीआर परीक्षण हुनेछ, रिपोर्ट नेगेटिभ आएको खण्डमा आफ्नो काम गर्न पाउने छन् । स्वास्थ्य मापदण्ड अपनाएर जून २७ देखि खोप लगाएका व्यक्तिहरूले रेस्टुरेन्ट र क्याफेहरू, स्वास्थ्य क्लबहरू, सैलूनहरू र ठूला व्यावसायिक स्थानहरूमा प्रवेश गर्न सक्ने छन्।

खोप नलगाएकाहरुलाई भने प्रवेश निषेध गरिएको छ । महल तथा पसलहरु बेलुकी ८ बजेसम्म मात्र खोल्न पाउने छन्। नेपाली कामदारहरुले भने यो सुविधा उपयोग गर्न पाउने छैन्न किनकी कुवेतले तोकेको कोरोना खोप अहिलेसम्म नेपालले प्रयोगमा ल्याएको छैन ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  १२ : २५ बजे

महेश बाबुको ‘वाराणसी’मा देखियो रुद्रको रहस्यमय रूप, जन्मदिनमै राजामौलीको ठूलो सरप्राइज !

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार महेश बाबुको ५१औँ जन्मदिन यसपटक उनका

अस्पतालको भवन तयार : उपकरण र जनशक्तिको व्यवस्थापनपछि सञ्चालन हुने

लमजुङ– लमजुङको मर्स्याङ्दी गाउँपालिका-७ ङादीमा १० शय्याको नवनिर्मित आधारभूत अस्पताल

बालेनको बदलिँदो शैली : पहिले भेट्नै मानेनन्, अब शक्ति राष्ट्रका राजदूतलाई पालैपालो बोलाउँदै

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह सत्ताको सय दिन पार गरेसँगै आफ्नो

अन्डरडग ‘गौँथली’, छैन रोकिने छनक !

काठमाडौं – ‘कन्टेन्टमा दम’ भएका फिल्मको प्रचार दर्शकले नै गरिदिन्छन्

आङ सान सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार

याङ्गुन- म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान