मौसमका कारण मनाङमा रोकिएका मुख्यमन्त्री पोखरा फर्किए | Khabarhub Khabarhub

मौसमका कारण मनाङमा रोकिएका मुख्यमन्त्री पोखरा फर्किए


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मौसममा आएको खराबीले मनाङमा रोकिएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मौसम खुलेसँगै पोखरा फर्किएका छन् ।

मौसममा सुधार आएपछि उनी आज बिहान साढे ७ बजे पोखरा फर्किएका हुन् ।

मुख्यमन्त्री पोखरेलले आज बिहान ११ बजेलाई बोलाइएको संसद् बैठकमा विश्वासको मत लिने कार्यक्रम छ ।

मुख्यमन्त्री पोखरेलको पक्षमा काँग्रेसका १५, माओवादीका ११ (सभामुख बाहेक), जनता समाजवादीका दुई, राष्ट्रिय जनमोर्चाका दुई र स्वतन्त्र एक जना सांसद गरी ३१ मत रहेका छन्।

यसअगाडि प्रदेशमा विश्वासको मतमा बहुमतका लागि ३१ मत आवश्यक थियो। तर, अदालतले जनमोर्चाका सांसद कृष्ण थापाको पद खारेज गरेपछि अब सांसदको सङ्ख्या ५९ कायम भएको छ। यही कारण ३० मतले गण्डकीमा बहुमत पुग्ने अवस्था छ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ८ : २९ बजे

न्यू इङल्याण्डमाथि इन्टर मियामीको फराकिलो जित

काठमाडौं– अमेरिकन लिग सकर (एमएलएस) अन्तर्गत इन्टर मियामीले न्यू इङल्याण्डमाथि

शहीद लखन थापाको सालिक निर्माण

चितवन– नेपालका प्रथम सहिद लखन थापाको भरतपुर महानगरपालिका–१ रामनगरमा सालिक

गुल्मीमा मलामी चढेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, १२ घाइते

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा

इलाम–२ को मतगणना बिहान ११ बजे सुरु गरिने

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणना आज बिहान ११

इलाम–२ मा मतगणनाका लागि सर्वदलीय बैठक जारी

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वपक्षीय र