विद्यालयको जग्गा आफूखुशी भोगचलन ! « Khabarhub

विद्यालयको जग्गा आफूखुशी भोगचलन !


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– विद्यालयको नाममा रहेको जग्गा स्थानीय किसानले आफूखुशी भोगचलन गर्न थालेपछि विद्यालयहरूले आपत्ति जनाएका छन् । मेचीनगर नगरपालिका–८ मा रहेको आदर्श माध्यमिक विद्यालय र मेची विद्योदय प्राथमिक विद्यालयको नाममा दर्ता कायम रहेको जग्गा वर्षौँ अघिदेखि स्थानीय किसानले भोगचलन गर्दै आएका छन् । जग्गा भोगचलन गरेवापत स्कूललाई बुभाउनुपर्ने कुतसमेत नबुझाएपछि स्कूलले आपत्ति जनाएको हो ।

स्थानीय किसानले आदर्श माविको छ बिघा र मेची विद्योदय प्राथमिक विद्यालयको ११ बिघा जग्गाको व्यवस्थापन गरेर भोगचलन गरिरहेका छन् । आदर्श माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन पोखरेल र मेची विद्योदय प्राथमिक विद्यालयका शिक्षक टङ्कप्रसाद अधिकारीले विद्यालयको जग्गा किसानले भोगचलन गरे पनि विद्यालयसँग गरेको सम्झौताअनुसार कुतवापतको रकम नबुझाएको जानकारी दिए ।

सो जग्गाको कुत स्कूललाई तत्काल बुझाउनका लागि नगरले सर्वदलीय भेला गरेर एनु भट्टराईको संयोजकत्वमा ११ सदस्यीय जग्गा व्यवस्थापन समिति गठन गरेको छ ।

समितिको सहसंयोजकमा मेचीनगर नगरकार्यपालिका सदस्य एवं पूर्वाधार विकास समिति संयोजक कृष्ण कनाल तथा सदस्यमा विष्णुलाल गिरी, रविन्सन थापा, अर्जुन पोखरेल, पवन मेचे, शेरबहादुर बुढाथोकी, उत्तम गिरी, अग्निमाया मेचे, महेन्द्र लावती र दीपक थापा छन् ।

मेचीनगर–३ का वडाध्यक्ष हर्क बस्नेत संयोजक र वडा नं ८ का वडाध्यक्ष विकेन्द्र धिमाल सहसंयोजक रहेको सात सदस्यीय सल्लाहकार समितिसमेत भेलाले गठन गरेको छ । मेचीनगर नगरप्रमुख विमल आचार्यको संयोजकत्वमा सम्पन्न भएको छलफलमा सहभागीहरुले समस्याको दीर्घकालीनरूपमा टुङ्गोमा पुग्ने निष्कर्षसहित समिति गठन भएको हो । भेलामा सबै राजनीतिक दलहरुको सहभागिता थियो ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ११ : ०२ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको