ढुंगागिट्टी निकासीविरुद्ध परेको रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै « Khabarhub

ढुंगागिट्टी निकासीविरुद्ध परेको रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ढुंगागिट्टी निकासीविरुद्ध परेको रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

आगामी आर्थिक वर्षदेखि मापदण्ड अनुसारको ढुंगागिट्टी निकासी खुला गर्ने सरकारको तयारीविरुद्ध परेको रिटमाथि आ‍ज संवैधानिक इजलासमा सुनुवाइ हुने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको इजलासमा शुक्रवार सुनुवाइ हुन लागेको हो । बजेटमार्फत सरकारले ढुंगागिट्टी निकासी गर्ने कार्यक्रम ल्याएको थियो ।

त्यसविरुद्ध वरिष्ठ अधिवक्ता त्रिपाठी लगायतले सर्वोच्चमा रिट दर्ता गरेका थिए । न्यायाधीश दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ रहेको संवैधानिक इजलासमा ती रिटमाथि सुनुवाइ हुन लागेको हो ।

खानी विभागले बनाएको मापदण्डअनुसार गिट्टी ढुंगा निकासी गर्ने कार्यक्रम साउनदेखि कार्यान्वयनमा आउने बजेटमा समावेश छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  १२ : २२ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार