बनेपा–११ को सिनागालमा आमा र छोरा मृत भेटिए « Khabarhub

बनेपा–११ को सिनागालमा आमा र छोरा मृत भेटिए


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– बनेपा–११ स्थित सिनागालमा आमा र छोरा मृत फेला परेका छन् ।

पाँचखाल–६ स्थायी घर भई डेरा गरी बस्ने ३० वर्षीया मनीषा कार्की घिमिरे र उनका ६ वर्षीय छोरा युवान मृत फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाका अनुसार मनीषाका श्रीमान् ३३ वर्षीय माधवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आमा र छोरालाई ‘मारेर’ भागेको सूचना आएपछि प्रहरीले माधवलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालयमा वान्ता गरेका उनले आफूले विष खाएको बताएका थिए ।

कोठाबाट प्यारासिटामोल औषधि बरामद भएको प्रहरीले जनाएको छ । मृतकको पोस्टमार्टमपछि घटनाको वास्तविकता बाहिर आउने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  १२ : ५० बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली