गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीमाथि एमाले सांसदको व्यंग्य, नयाँ सरकार गठनपछि अनिष्ट शुरु भयो « Khabarhub

गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीमाथि एमाले सांसदको व्यंग्य, नयाँ सरकार गठनपछि अनिष्ट शुरु भयो


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी प्रदेशसभामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गरेपछि प्रस्तावबारे छलफल शुरु भएको छ ।

छलफलमा सहभागी नेकपा एमालेका सांसदले मुख्यमन्त्रीमाथि व्यंग्य प्रहार गरेका छन् ।

प्रस्तावमाथि आफ्नो धारणा राख्दै एमालेका सांसद कृष्णबहादुर थापाले नयाँ सरकार गठन भएपछि अनिष्ट शुरु भएको टिप्पणी गरे ।

उनले वृद्धभत्ता खाने उमेरका मुख्यमन्त्रीले प्रदेश प्रमुखको कार्यालय अगाडि गएर धर्ना दिएको भन्दै आपत्ति पनि प्रकट गरे ।

सांसद थापाले भने, ‘हाम्रो मुख्यमन्त्रीको कपाल सेताम्मे फुलेको छ, मनमोहन अधिकारीले १०० रुपैयाँबाट शुरु गरेको वृद्धभत्ता अहिले ४ हजार पुगेको छ । वृद्ध भत्ता लिन योग्य व्यक्तिले प्रदेश प्रमुखको कार्यालय अगाडी देखाइएको तमासाले उहाँ असक्षम रहेको पुष्टि हुन्छ ।’

यसअघि मुख्यमन्त्री नियुक्तिको माग गर्दै विपक्षी गठबन्धन पोखरेलको नेतृत्वमा प्रदेश प्रमुखको कार्यालय अगाडि धर्नामा बसेका थिए ।

यसअघि विश्वासको मत माग्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सभाको स्थायित्वका लागि आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  १ : ३९ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली