तटीय क्षेत्रमा सर्तकता अप्नाउन प्रशासनको आग्रह « Khabarhub

तटीय क्षेत्रमा सर्तकता अप्नाउन प्रशासनको आग्रह


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– महाकाली नदीमा पानीको सतह बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सर्तकता अप्नाउन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गरी दार्चुलाको दत्तु बाढीमापन केन्द्रमा महाकालीमा जलसतह ५.८० मिटर र डडेल्धुराको परिगाउँमा ३.५० मिटर पुगेकाले सर्तकता अप्नाउन यहाँको भीमदत्त नगरपालिका–११, १२ र १३ का नागरिकका साथै दोधारा चादँनी क्षेत्रमा समेत आग्रह गरेको हो ।

“सो क्षेत्रमा जोखिम आकँलन गरी सो क्षेत्रमा नगई सुरक्षित स्थानमा रहन सूचना जारी गरिएको हो”, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पदमराज भट्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रशासनले जिल्लाका विपत्का कुनै घटना भए तत्काल जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रमा सम्र्पक गर्न अनुरोध गरेको छ । त्यसैगरी महाकाली नदीमा पानीको बहाव बढेपछि दार्चुला प्रशासनले समेत सुचना जारी गरी सर्तकता अप्नाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ३ : ०५ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली